कास्की – अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले कास्की जिल्ला अदालतका श्रेस्तेदार लोकनाथ पराजुलीलाई घुस रकम सहित नियन्त्रणमा लिएको छ ।
आयोगको टोलीले बुधबार राति मुद्दाका एक पक्षसँग रु ३० हजार घुस लिइरहेको अवस्थामा पराजुलीलाई पोखरा–५ पस्र्याङस्थित एक पसलबाट पक्राउ गरेको हो ।
आयोगका सूचना अधिकारी मेघनाथ रिजालले श्रेस्तेदार पराजुलीलाई एक मदिरा पसलबाट अख्तियारको टोलीले घुस रकमसहित नियन्त्रणमा लिएको पुष्टि गर्दै उनीमाथि थप अनुसन्धान भइरहेको बताए ।
सङ्गठित अपराधसम्बन्धी मुद्दामा पक्राउ परेका अभियुक्तको गाडी छुटाइदिने भन्दै श्रेष्तेदार पराजुलीले घुस मागेको बताइएको छ ।
शुरुमा रु ५० हजार मागेका उनले छलफलका क्रममा रु ३० हजारमा कुरा मिलाएर सो रकम बुझेको स्रोतले जनाएको छ । श्रेस्तेदार पराजुलीको सर्वोच्च अदालतमा हालै सरुवा भइसकेको बताइन्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस