काठमाडौं – चीनको हुबेईमा गरिएको एक अनुसन्धानले कोरोना संक्रमण र रक्त समुहबिचको भेद छुट्याइएको छ ।
रिपोर्ट अनुसार रक्त समूह ए भएका व्यक्तिलाई कोरोना भाइरसले छिट्टै संक्रमित गर्नसक्छ । साथै, ब्लड ग्रुप ओ भएका व्यक्तिहरुलाई संक्रमण हुन धेरै समय लाग्छ ।
चीन तियानजिनस्थित स्टेटको ल्याबोरेटरी अफ एक्सपेरिमेन्टल हिम्याटोलोजीका वैज्ञानिक गाओ यिंगदाईले यो अनुसन्धानले यो रोगको उपचार खोज्न मद्दत गर्ने भन्दै भनेका छन्, ‘यदि तपाईंको रक्त समूह ए छ भने पनि तपाईं चिन्तित हुनुपर्दैन ।
यसको अर्थ यो होइन कि तपाईं शत प्रतिशत कोरोनाद्वार संक्रमित भएरै छोड्नुहुनेछ । रक्त समूह ओ भएका मानिसहरु पनि लापरवाह भने नहुनुहोस् ।’
अनुसन्धाताले आफ्नो अनुसन्धानमा रक्त समूह ‘ए’ को तुलनामा रक्त समूह ‘ओ’ भएकाहरु कोरोना भाइरसले निकै ढिलो संक्रमित हुने बताएका छन् । रक्त समूह ‘ए’ भएकाहरुको नै कोरोना भाइरसका कारण धेरै मृत्यु भइरहेको छ ।
कोरोना भाइरसका कारण मारिएका २०६ व्यक्तिमध्ये ८५ जनाको रक्त समूह ‘ए’ थियो । अर्थात् करिब ४१.२६ प्रतिशत । जबकी ५२ जनाको रक्त समूह ‘ओ’ थियो । अर्थात्, करिब २५ प्रतिशत ।
२,१७३ व्यक्तिमध्ये रक्त समूह एक हुने व्यक्ति धेरै थिए । यीमध्ये ३२ प्रतिशतको रक्त समूह ‘ए’ थियो भने रक्त समूह ‘ओ’ भएका व्यक्तिहरु २६ प्रतिशत थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस