काठमाडौं – यातायात क्षेत्रको सिन्डिकेट अन्त्यको घोषणा भएको दुई वर्षपछि सरकारले औपचारिक रूपमा सिन्डिकेट अन्त्यसम्बन्धी कानुनी व्यवस्था गर्न लागेको छ ।
प्रतिस्पर्धा प्रवद्र्धन तथा बजार संरक्षण ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमार्फत सरकारले सार्वजनिक यातायात सञ्चालनमा एकाधिकार कायम गर्न नहुनेसम्बन्धी व्यवस्था सहितको विधेयक प्रतिनिधि सभामा दर्ता गरेको हो । सो विधेयक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका तर्फबाट दर्ता भएको हो ।
गोरखापत्र दैनिकले लेखेको खबर अनुसार, मूल विधेयकको दफा ८ मा सार्वजनिक यातायात सञ्चालनमा एकाधिकार कायम गर्न नहुनेसम्बन्धी व्यवस्था थप गर्न प्रस्ताव गरिएको छ । दफा ८ मा बजार सीमित गर्न नहुनेसम्बन्धी व्यवस्था छ ।
प्रस्तावित विधेयकमा ८ क थप गरिएको छ । सार्वजनिक यातायात र ढुवानीमा हुने एकाधिकार अन्त्यका लागि नयाँ व्यवस्था प्रस्ताव गरिएको विधेयकमा उल्लेख छ ।
प्रस्तावित व्यवस्थामा भनिएको छ, “कुनै खास सडक मार्ग वा त्यसको कुनै भाग वा निश्चित दूरीमा एकलौटी सेवा सञ्चालन गर्ने उद्देश्यले कुनै खास प्रतिष्ठानको स्वामित्वमा रहेको सार्वजनिक यातायातका साधन वा ढुवानीका साधनबाहेक अन्य प्रतिष्ठानको स्वामित्वमा रहेको सार्वजनिक यातायातका साधन वा ढुवानीका साधन सञ्चालन गर्न रोक लगाउने ।”
प्रतिस्पर्धा नियन्त्रण गर्ने उद्देश्यले मिलेमतो गरी आलोपालो वा चक्रीय प्रणाली लागू गर्न नहुने पनि विधेयकमा प्रस्तावित छ । सार्वजनिक यातायातका साधन तथा ढुवानीका साधन सञ्चालन गर्दा कुनै निश्चित संस्थाको सदस्यता लिन लगाउने, खास रकम तिर्न लगाउने कार्य पनि गर्न नहुने प्रस्ताव विधेयकमा गरिएको छ ।
एकाधिकार कायम राख्ने मनसायबाट अन्य व्यक्ति वा प्रतिष्ठानका सवारीसाधन सञ्चालनमा बाधा पु¥याउन नमिल्ने प्रस्ताव पनि विधेयकमा छ । सिन्डिकेट विरुद्धको कसुरमा पाँच वर्षसम्म कैद र पाँच लाख रुपियाँसम्म जरिवानाको प्रस्ताव पनि विधेयकमा गरिएको छ । कसुरको मात्रा हेरेर दुवै सजायसमेत हुनसक्ने व्यवस्था प्रस्तावित छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस