भक्तपुर-नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले समृद्ध नेपाल सुखी नेपालीको महान् अभियानलाई सार्थकता तुल्याउन मन्त्रालयले व्यवस्थित योजना बनाई अघि बढ्नपर्नेमा जोड दिँदै योजनालाई कार्यान्वयन गर्न मैदानमा खट्ने जिम्मा निर्वाचित जनप्रतिनिधिले लिने उद्घोष गरेका छन् ।
संघीय सरकारको रु. चार करोड ५० लाख रुपैयाँको लागतमा भक्तपुरको चाँगुनारायण नगरपालिका ३ झौखेलमा निर्माण सम्पन्न भएको पक्की कालोपत्र सडकको आज अनुगमन एवं उद्घाटन गर्दै उनले वर्तमान भौतिक, पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङ जनताको आशा र भरोसाको केन्द्रको रुपमा स्थापीत हुँदै जानुभएको उल्लेख गर्दै मन्त्री नेम्वाङको नेतृत्वले १०० दिनमा गरेको विकासका कामले ऐतिहासिक सफलता हासिल गर्न सफल भएको र आगामी दिनमा अझ वढी व्यवस्थित र प्रभावकारी योवना तथा त्यसको कार्यान्वयन आवश्यक रहेको औंल्याए ।
भक्तपुरमा ऐतिहासिक विकासका कामहरु तिव्र गतिमा अघि बढेको बताउँदै सांसद बस्नेतले चाँगुनारायणको प्रत्येक वडामा जाने सडक कालोपत्र गर्ने अभियान सुरु भएको बताउँदै अबको तीनवर्षमा चाँगुनारायण विश्व कै उत्कृष्ट शहर बन्ने दाबी गरे ।
‘एक लाख रोपनी जग्गामा स्मार्ट सिटी यही बन्दैछ, सातसय रोपनीमा वीर अस्पताल बन्दैछ, चाँगुनारायण इन्जिनियरिङ्ग कलेज नगरपालिकाले चलाउँदैछ, झौखेल चाँगुको ज्योर्तिलिङ्गेश्वरमा ९ करोडको बजेटमा सडक कालोपत्र हुदैछ’-सांसद बस्नेतले भने ‘रातो किताबमा भर्खरै २० वटा सडकका योजना थप गरेका छौ, करिब ४५ करोड अर्थमन्त्रालयबाट थप गरेर भक्तपुरमा ल्याउन सफल भएका छौ ।’
सरकारले भक्तपुरलाई सडकमा जम्मा रु. ३५ करोडको मात्रै सिलिङ्ग तोकेकोमा असन्तुष्ट व्यक्त गर्दै उनले सरकारले सडकका लागि कम्तीमा एक अर्ब रुपैया बजेट दिए, यही बजेटमा सबै सडक निर्माण र कालोपत्र गरिदिने बताए ।
उनले झौखेल दुवाकोटमा नमूना सडक निर्माण हुन लागेको, खस्र्याङ्ग खुर्सुङ्ग खोलामा २० मिटर चौडाको करिडोर निर्माण हुन लागेको, चाँगु ईन्जिनियरिङ्ग कलेज, झौखेल, खरिपाटी, सुडाल ताथली जाने सडकको डिपिआर तयार भएको बताउदै ठूला सडक निर्माण गर्दा ल्याण्ड पुलिङ्गको अवधारणबाट जान सके व्यबस्थित शहर निर्माण हुने र जग्गा धनीलाई पनि मर्का नपर्ने उनको भनाई थियो ।
सडक बने पनि बिच बाटोको पोल नहट्ने गर्दा निकै समस्या आएको बताउदै उनले पोल सार्ने नाममा प्राधिकरण भित्र व्यापक भ्रष्टाचारको खेलो भएको आरोप लगाए ।
नेकपाका केन्द्रीय सदस्य समेत रहनु भएका सांसद बस्नेतले भने – ‘सडकमा बिजुलीको एउटा पोल सार्न प्राधिकरण ५ लाखको बजेट लाग्छ भन्छ, सडकको बिचमा भएको त्यही पोल अलि पर सार्न त्यतिका रकम कसरी लाग्छ, हामी एउटा पोल पाँच हजारमा सार्छौ, आवश्यक परे नगरपालिकाले पोल किन्छ, एमडी साहेब सडकमा रहेको देशभरीका पोल नसार्नुको कारण के हो ?’ भौतिक योजना मन्त्रालय र शहरी विकास मन्त्रालयकाबीच समन्वय नहुँदा पनि समस्या आएको उनको भनाई छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस