भक्तपुर-नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले बेमौसमी बाजा बजाउनेले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको भन्दै उक्त राजिनामा माग्नुको कुनै अर्थ नरहेको बताए ।
स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत सूर्यविनायक नगरपालिका र सांसद विकास कोषबाट विनियोजित रु वीस लाख र श्री शान्ति भैरव महिला समुहद्वारा सप्ताह लगाएर सङ्कलित रु पन्ध्र लाखको लागतमा आज सूर्यविनायक नगरपालिका वडा नं. ९ लाभाडोलमा सूर्यविनायक बहुउध्देश्य सामुदायिक भवन निर्माण कार्यको शिलान्यास कार्यक्रममा बोल्दै उनले मेमौसमी बाजा बजाएर आफुलाई कथित फेसबुके नेता भन्नेहरुले प्रधानमन्त्रीलाई राजीनामा दिनुपर्छ भनेर भनेको भन्दै आक्रोस व्यक्त गरे ।
जनताले तिरस्कार गरेका व्यक्तिले एउटा कालो कोठामा वसेर जुन षडयन्त्र गर्ने प्रयत्नहरु गरिरहेका छन् त्यो तर्फ आम नागरिक सचेत हुनुपर्छमा जोड दिँदै उनले भने , ‘सक्नु हुन्छ भने जनतालाई विश्वास गरी चुनावबाट जितेर देखाउनुहोस्, अनि सत्ता सञ्चालन गर्नुहोस्, हामी फुलमाला लगाएर स्वागत गर्छौ । यो मुलुकको लोकतन्त्रलाई धराप पार्ने, अस्थिरता ल्याउने, अशान्ति ल्याउने, मुलुकको हित नचाहने, राम्रो काम गर्नेलाई घेराउमा राख्ने र अनेक प्रकारका प्रोपकाण्डाहरु गरी मुलुकको हित नचाहने फेरी एक जुट हुने प्रयास गर्दै मुलुकलाई अन्धकारको यात्रामा अघि बढाउने कुचेष्ठा गरिरहेका छन् ।’
केही विकास विरोधी तत्वहरुले भक्तपुरको मात्र नभई मुलुकको समृद्धिमा अनावश्यक हल्ला गर्ने गरेको बताउँदै उनले भने , ‘खहरे ह्वात्त आउने तर नदी निरन्तर रुपमा बगिरहने हुन्छ । नदी कहिलेकाँही सानो हुन्छ तर सुक्दैन ।’
विश्वको अर्थतन्त्र नै तहस नहस भइरहेको अवस्थामा विभिन्न मुलुकमा हवाई उडा बन्द, स्कृल तथा विश्वविद्यालयकहरु बन्द, लाखौं मानिसहरु संक्रमणको पिडामा रहेता पनि नेपालमा प्रधानमन्त्री ओलीको विशेष योजनाले उक्त कुनै पनि समस्या उत्पन्न हुन नसकेको उल्लेख गरे । विश्वमा महामारिको रुपमा फैलिएको कोरोनाले ग्रस्त पारिरहेको अवस्थामा प्रधानमन्त्री ओलीले उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलको नेतृत्वमा विशेष समिति गठन गरी मुलुकभरको कोरोनाको अवस्था, भावि योजना, रोकथाका उपाय, स्थास्थ्य उपचार लगायतका विषयमा विशेष कार्यक्रमहरु तथा निर्देशनहरु दिई काम अघि बढाईरहेको अवस्थामा प्रधानमन्त्री ओलीको राजीनामा माग्नु मुलुकलाई दुर्घटनामा लैजान खोज्ने तत्वहरु भएको बताए ।
उनले प्रधानमन्त्री ओलीको दृढ संकल्प तथा मुलुक बदल्ने संकल्पलाई आम नेपालीले साथ दिनु जरुरी रहेको औंल्याए । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरी १२ दिनको अस्पताल बसाई पछि शुक्रवार डिस्चार्ज भएका प्रधानमन्त्रीले हिजो नै नेकपाका अध्यक्ष पुष्प कमल दाहाल, बरिष्ठ नेता माधब कुमार नेपाल, उपप्रधानमन्त्री इश्वर पोखरेल, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल, नेकपाको महासचिव विष्णु पौडेल तथा आफ्नो सचिवालका कर्मचारीसँग वसी कोरोना लगायतका विभिन्न विषयमा पछिल्लो समयको बारेमा जानकारी लिएको समेत उनले जानकारी गराए ।
समृद्धिको अभियान अब कसैले रोक्न नसक्ने उल्लेख गर्दै उनले सामाजिक सञ्जालमा जुन स्याल हुँईया मच्चाउने प्रयास गरेको तर त्यसको अर्थ नरहेको समेत स्पष्ट पार्नुभयो । उहाँले सत्तामा वस्न रहर गर्ने हो भने चुनावमा जितेर देखाउन चुनौति समेत दिए ।
आफ्नो बचनमा प्रतिवद्ध रहेको जानकारी गराउँदै उनले उक्त रकमको व्यवस्था गरेको जानकारी गराए । उक्त भवन पूर्ण नभएसम्म निरन्तर रुपमा साथ र सहयोग गर्ने प्रतिवद्धता जनाउँदै उनले नंखेलमा सामुदायीक भवन, सडक, पुल तथा खानेपानीको व्यवस्थापन जनताको चाहना अनुसार दिन प्रतिदिन पुरा हुँदै गएको स्पष्ट पारे ।
कोरोना भाइरसको आतंकबाट आतंकित हुने नभई सजक र सर्तक हुनुपर्नेमा जोड दिँदै उनले कोरोनाकै कारण विश्वको धेरै ठूलो समस्या सिर्जना हुने अवस्थामा पुगे पनि नेपालमा भने कोरोनाले संक्रमण नभएको बताए । जनताको सचेतता र सरकारको तदारुकताकै कारण नेपालमा कोरोना अहिलेसम्म भित्रन नसकेको समेत स्पष्ट पारे ।
कोरोना नेपालमा भित्र्न नदिने केपी ओलीले विशेष समिति गठन गरेको जसले ठूला ठूला कार्यक्रम, भोज भतेर, विदेश भ्रमणमा नजाने लगायतका कुराहरु नगर्न आग्रह गरेको जानकारी गराउँदै उनले कोरोनाकै कारण मुलुकमा सरकारले कालोबजारी नियन्त्रण गर्न विभिन्न प्रभावकारी भूमिका निर्वाह गरिरहेको उल्लेख गरे |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस