काठमाडौं – विशेष अदालतले पूर्वमन्त्री सञ्जयकुमार साहलाई बिगोको दोब्बर २८ करोड ५० लाख रुपियाँ जरिवानाको फैसला गरेको छ ।
गैरकानुीरूपमा सम्पत्ति आर्जन गरी शुद्धीकरण गरेको ठहर गदैै विशेष अदालतले यस्तो फैसला गरेको हो ।
फैसला अनुसार उनलाई सम्पत्ति शुद्धीकरण गरेकोमा ५ वर्ष कैद हुने समेत ठहर गरेको छ।
विशेष अदालतका न्यायाधीश ९सदस्यहरू कृष्ण गिरी, शान्ति सिंह थापा र चन्द्रबहादुर सारुको इजलासले २८ करोड ५० लाख रुपियाँ जरिवाना गरी ५ वर्ष कैद हुने फैसला गरेको हो।
गैरकानुनी सम्पत्तिलाई शुद्धीकरण गरेको आरोप लगाई पूर्वमन्त्री साहसहितलाई प्रतिवादी बनाई सम्पत्ति शुद्धीकरण विभागले २०७४ साल चैत १६ गते विशेष अदालतमा मुद्दा दायर भएको थियो ।
विभागले साहद्वारा १४ करोड २५ लाख रुपियाँ बिगो कायम गरेको थियो। सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐनमा बिगोको दोब्बर जरिवाना हुने प्रावधान छ।
यसअघि विशेष अदालतले पदको दुरुपयोग गरी साहले १९ करोड ४४ लाख ३८ हजार रुपियाँ भ्रष्टाचार गरेको ठहर गरेको विशेष अदालतका सूचना अधिकृत इन्द्रकुमार खड्काले बताए ।
अकूत सम्पत्ति आर्जन गरेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७३ साल पुस २५ गते मुद्दा दायर गरेको थियो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस