भक्तपुर- पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको निजी निवास मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीस्थित मनोहरा फाँटमा रहेकोे घरमा आज बिहान गराइएको बम विस्फोट घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले लमजुङ मस्र्याङ्दी गाउँपालिका–४ घर भई हाल लोकन्थलीको सुकुम्बासी बस्तीमा बस्दै आएका ५८ वर्षीय देव भन्ने देवीबहादुर गुरुङलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए |
पक्राउ परेका गुरुङ प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्व नेपाल कम्युनिष्ट पार्टीका भक्तपुर जिल्ला सदस्य रहेको उनले जानकारी दिए । प्रहरीले गुरुङलाई सुकुम्वासी बस्तीबाट पक्राउ गरेको हो । प्रहरीले प्रेसर कुकर, तार, चन्दा रसिद, पर्चा र पम्प्लेट बरामद गरेको छ ।
घटनामा पूर्वमन्त्री बाँस्कोटाकोसहित अन्य तीन घरमा क्षति पुगेको जानकारी दिँदै प्रहरी उपरीक्षक प्रधानले घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।
पूर्वमन्त्री बाँस्कोटाको घरको पर्खालभित्र प्रेसर कुकर बम राखिएको र रिमोट कन्ट्रोलबाट बम विस्फोट गराएको प्रारम्भिक अनुसन्धामा पाइएको छ ।
बाँस्कोटा निवासमा आक्रमण हुनसक्ने सुराकी प्रहरीमा पहिला नै आइसकेकाले त्यस क्षेत्रमा सुरक्षा सतर्कता बढाएर २४ सै घण्टा प्रहरी तैनाथ गरिएको भए पनि आज बिहान प्रहरी घरकै पछाडि रहेका बेलामा अगाडिबाट बम छाडेर विस्फोट गराइएको हो |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस