काठमाडौँ — ‘कुनै करिअर प्लान नबनाई, औचित्य र आधार पुष्टि नगरी डीआईजीको दरबन्दी कटौती गर्ने कुरा कहाँबाट आयो सर रु’ प्रहरी महानिरीक्षक आईजीपी ठाकुरप्रसाद ज्ञवाली फागुन दोस्रो साता आफ्नो कार्यकक्षमा जंगिएपछि गृहसचिव महेश्वर न्यौपाने केहीबेर अक्क न बक्क भए ।
माघ २९ मा आफैंले आईजीपीको फुली लगाइदिएका ज्ञवालीबाट यस्तो आक्रोश पोखिएपछि उनी केहीबेर मौन बसे । ‘तपाईंलाई जे मन लाग्छ त्यही गर्नुस्, म यस्तो निर्णयमा सहमत हुन सक्दिनँ,’ ज्ञवालीले थपे । त्यसपछि गृहसचिवको कार्यकक्ष केहीबेर सुनसानजस्तै भयो ।
न्यौपानेले समायोजन र संगठन तथा व्यवस्थापन ओएन्डएम सर्वेक्षण बन्ने क्रममा रहेको र १० वटा डीआईजी पद खारेज गर्ने विषय ज्ञवालीलाई सुनाएका थिए । ‘समायोजन प्रक्रिया अघि बढेको छ, दरबन्दी र पद तलमाथि हुन सक्छ, छलफल गरेरै अघि बढ्ने हो,’ गृहसचिवले यसो भनेपछि ज्ञवाली जंगिएका थिए ।
‘केहीबेर भनाभन नै भयो,’ न्यौपाने र ज्ञवालीबीचको भेटबारे स्रोतले भन्यो, ‘उहाँ ९ज्ञवाली० प्रहरी संगठनबारे गृहसचिवलाई आफ्ना कुरा राखेर निस्कनुभयो ।’ त्यसपछि आईजीपी ज्ञवालीले गृहमन्त्री रामबहादुर थापा र लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीसँग नेपाल प्रहरी कमजोर बनाउने गरी कानुनी प्रावधान ल्याउन नहुने धारणा राखेको स्रोतले बतायो ।
सचिव न्यौपानेले त्यस दिनको भनाभन सामान्य भएको बताए । ‘उहाँ आईजीपी ले आफ्ना कुरा राख्नुभयो, हामीले पनि राख्यौं,’ उनले कान्तिपुरसँग भने, ‘डीआईजीको संख्या घटाउने विषय आएको हो । ओएन्डएम र समायोजन प्रक्रियासँगै यो विषय टुंगोमा पुग्छ ।’
महानिरीक्षक ज्ञवालीले समायोजन र ओएन्डएम सर्वेक्षण तय गर्नेबारे छलफल भइरहेको र प्रहरी प्रधान कार्यालयका तर्फबाट अवधारणा र प्रस्ताव पेस गरिएको बताए ।
‘यस विषयमा मन्त्रालय र समायोजन तथा संगठन व्यवस्थापन सर्वेक्षणका लागि बनाइएका समितिमा हाम्रा प्रस्ताव, अवधारणाबारे जानकारी गराइरहेका छौं, आन्तरिक छलफल र बहसबारे अहिल्यै बाहिर बोल्नु उचित नहोला,’ उनले भने, ‘सन्तुष्टि वा असन्तुष्टिका विषय समितिमै राख्छौं ।’ वैज्ञानिक र प्रभावकारी रूपमा वृत्तिविकास प्रणालीसहित नेपाल प्रहरी र प्रदेश प्रहरीको संरचना होस् भन्ने पक्षमा आफूहरू रहेको उनले बताए ।
ज्ञवाली आईजीपीमा बढुवा भएकै दिन माघ २८ मा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरिवेक्षण र समन्वय’ तथा ‘प्रहरी कर्मचारीलाई नेपाल प्रहरी र प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था’ गर्न बनेका दुईवटा विधेयक प्रमाणीकरण गरेकी थिइन् ।
त्यसपछि गृह मन्त्रालयले प्रहरी समायोजन प्रक्रिया अघि बढाएको थियो । त्यही मेसोमा फागुन १४ गते सचिव न्यौपानेको अध्यक्षतामा प्रहरी समायोजन, संगठन संरचना तथा दरबन्दी कायम गर्नेसम्बन्धी पहिलो बैठक बस्यो । त्यसअघि अनौपचारिक रूपमा न्यौपाने र ज्ञवालीबीच छलफल भएको थियो ।
औपचारिक र अनौपचारिक दुवै छलफलमा ज्ञवालीले गृहसचिव न्यौपानेले अघि सारेका विषयमा आपत्ति जनाएका थिए । न्यौपानेले भने कसैले असहमति राख्दैमा समायोजन र ओएन्डएम निर्माणमा असर नपर्ने बताए ।
प्रहरीमा हाल कार्यालय सहयोगीदेखि महानिरीक्षकसम्म ७९ हजार ५ सय २३ जनाको दरबन्दी छ तर ६८ हजार ७ सय ७६ जना मात्रै कार्यरत छन् । कान्तिपुर दैनिकबाट
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस