काठमाडौं – पश्चिमी वायु बाहिरिएसँगै आज (आइतबार)देखि देशभरको मौसम सफा हुने मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजो शनिबार बेलुकाबाट पश्चिमी वायुको पश्चिमी न्यून चापीय प्रणाली बाहिरिएको हो। योसँगै अब वर्षा तथा हिमपात हुने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।
अहिले प्रिमनसुन अवधि हो। यस अवधिमा स्थानीय वायुको प्रभाव हुन्छ। तर पश्चिमी वायुसमेत मिसिँदा भने बदली र वर्षा बढ्छ। यसअघि यी दुवै वायुको प्रभाव रहेकाले देशका धेरै स्थानमा राम्रै वर्षा भएको थियो ।
मौसम पूर्वानुमान महाशाखाको रेकर्डअनुसार सबैभन्दा बढी वर्षा दाङमा २७।४ मिलिमिटर वर्षा भएको छ। दोस्रोमा पोखरामा २५।८ मिलिमिटर वर्षा भएको छ भने यसपछि दिपायलमा २४।२ मिलिमिटर वर्षा भएको छ।
यसैगरी काठमाडौं उपत्यकामा ८।१ मिलिमिटर वर्षा भएको महाशाखाको तथ्यांकमा उल्लेख छ। आज काठमाडौं उपत्यकाको मौसम पनि दिनभर सफा रहने र घाम लाग्ने जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस