काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार आफूलाई डिष्चार्ज गरिदिन आग्रह गरेका छन् ।
बुधबार मिर्गौलाको दोस्रो प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीले स्वास्थ्य राम्रो भएको भन्दै ओलीले उपचारमा खटिएका चिकित्सकसँग आगामी सोमबार डिस्चार्ज दिन आग्रह गरेका हुन् ।
मिर्गौला प्रत्यारोपणको नेतृत्व गरेका शिक्षण अस्पताल महाराजगन्जका प्रेमराज ज्ञवालीका अनुसार प्रधानमन्त्रीले जतिसक्दो चाँडै डिस्चार्ज मागेका छन् । शनिबार राउन्डमा गएका चिकित्सकसँग उनले यस्तो प्रस्ताव राखेका हुन् । तर, डिस्चार्ज दिएपछि घरमा आरामभन्दा भेटघाट बढ्ने भन्दै २–४ दिन बढी अस्पतालमा राख्ने पक्षमा डाक्टरहरु रहेका छन् ।
चाँडै डिस्चार्ज दिँदा विगतमा भेटघाट र कार्यक्रमले आराम नपाएको भन्दै यसपटक चिकित्सक केही दिन बढी प्रधानमन्त्रीलाई अस्पतालमै आराम गराउने पक्षमा देखिएका हुन् ।
प्रधानमन्त्रीकी श्रीमती राधिका शाक्यले पनि चिकित्सकलाई केही दिन अस्पतालमै आराम गराउन अनुरोध गरेको चिकित्सक बताउँछन् ।
उपचारमा संलग्न एक चिकित्सकले शाक्यको भनाइ उद्धृत गर्दै भने, ‘विगतको अस्पताल बसाइ पनि निकै कम भयो, डिस्चार्ज दिएपछि उहाँलाई सचिवालयका मान्छेले आराम गराउनेभन्दा पनि कार्यक्रममा बढी लैजाने गरे । त्यसैले यसपटक अस्पतालमै केही दिन राखिदिनुहोला ।’
शिक्षण अस्पतालले शनिबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको स्वास्थ्यमा राम्रो सुधार भइरहेको बताएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस