भक्तपुर-विकासप्रेमी जनप्रतिनिधिको नेतृत्वसँगै भक्तपुरले जनताको विकास प्रतिको तिव्र चाहनालाई प्रायःजसो दैनिक रुपमा एक पछि अर्को गर्दै उद्घाटन तथा शिलान्यास हुने गरेका छन् ।
विगतमा विकासको लागि एक दुई करोड रकम ल्याउनु ठूलै उपलब्धीको रुपमा लिईने भक्तपुरमा अहिले दुई चार करोडको लागतमा निर्माण हुने आयोजनाहरु त सयौं रहेका छन् । एक दुई वटा आयोजना सञ्चालनमा गरेर ठूलै काम गरे भन्ने विगतका जनप्रतिनिधिहरुको मान्यतालाई इतिहासमा समेट्दै वर्तमान समयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले करोडौं करोडमात्र हैन अरबैंका ठूला ठूला आयोजनाहरु समेत निर्माणको प्रकृयामा अघि बढेका छन् ।
सांसद बस्नेतले भक्तपुरको विकासको तेतृत्व लिएसँगै भक्तपुरको मुहार मात्र फेरिदै छैन की आम भक्तपुरवासीको भाग्य र भविष्य समेत उज्यालोमय बन्दै गएको छ । भक्तपुरमा राष्ट्रिय गौरवका आयोजनाहरु बाहेक हाल करिव तीन सयभन्दा बढी आयोजनाहरु सञ्चालनमा रहेका छन् ।
यी आयोजनाहरु कतिपय शिलान्यास भइ काम अघि बढिरहेका छन् त कतिपय शिलान्यास हुने क्रममा रहेका छन् । त्यस्तै अघिल्लो आर्थिक वर्षका धेरै आयोजनाहरु उद्घाटन भइसकेका छन् । भक्तपुरमा धेरै संख्यामा उद्घाटन भईसकेका विद्यालयका भवनहरु, पुल, सडक, ढल, खानेपानीलगायतका आयोजनाहरु रहेका छन् । त्यस्तै पर्यटकीय क्षेत्रको विकासको लागि प्याराग्लाईडिङको समेत सफल परिरक्षण गरि सकिएको छ ।
सांसद बस्नेतको पहलमा भक्तपुर जिल्लामा ७० वटा भन्दा बढी सडक आयोजनाहरु निर्माणको प्रकृयामा अघि बढेका छन् । जुन कतिपय शिलान्यास भई निर्माण कार्य धमाधम रुपमा अघि बढेका छन् भने कतिपय शिलान्यास हुने क्रममा रहेका छन् ।
त्यस्तै खानेपानी, सहरी विकासलगायतका क्षेत्रहरुबाट पनि सयौं आयोजनाहरु भक्तपुरमा समावेश गरिएको छ । सडक, खानेपानी, सहरी विकासलगायतका मन्त्रालयबाट भक्तपुरमा समावेश भएका करिव दुई सय ५० वटा भन्दा बढी आयोजनाहरु निर्माणको प्रकृयामा अघि बढेका छन् । अघिल्लो वर्ष तथा यो वर्षका आयोजनाहरुको निर्माण सम्पन्न भएपछि भक्तपुरमा जनताको अतिआवश्यक विकासका आयोजनाहरु तथा आगामी दिनहरुमा जनताको मागमा ठूला योजनाहरु नभई साना साना मात्र हुने देखिएको छ ।
त्यस्तै स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम अन्तरगत क्षेत्र विकास कोष (सांसद विकास कोष) सांसद बस्नेतले २५ वटा आयोजनाहरु निर्माणको प्रकृयामा रहेका छन् । जसमा कतिपय शिलान्यास भई निर्माण कार्य प्रारम्भ भइरहेका छन् भने कतिपय शिलान्यासको क्रममा रहेका छन् । त्यस्तै विभिन्न सडकहरु समेत शिलान्यास र उद्घाटन व्यापक मात्रामा भएको छ ।
यसै क्रममा केही दिन अघि वडा नं. ८ को सिपाडोलमा चक्खु खोलाको पक्की पुलको समेत शिलान्यास गरिएको थियो । यसै क्रममा सांसद क्षेत्र विकास कोषबाट विनियोजित रु ५० लाखको लागतमा सूर्यविनायक नगरपालिका वडा नं. ५,६ र ७ को संगम स्थल गुण्डूको छेडोमा खेल मैदान निर्माण कार्यको शुक्रवार शिलान्यास भएको छ ।
शिलान्यास कार्यक्रममा बोल्दै सांसद बस्नेतले भक्तपुरको विगतको लामो इतिहासमा जुत्ता खोलेर खुट्टा धोएर पुनः जुत्ता लगाउनुपर्ने अवस्थाको अन्त्य भई वर्तमान समयमा आएर परिवर्तन भई रमणीय स्थानको रुपमा एकिकृत विकासको योजना अनुरुप विकास र परिवर्तन भएको बताए । विभिन्न सडक, पार्क, खेलकुद स्थल, फुटशललगायतका असंख्य योजनाहरुको लागि बजेट व्यवस्थापन भएको उल्लेख गर्दै उक्त स्थानमा व्याडमिन्टन, भलिवललगायतका खेलकुद क्षेत्रको रुपमा विकास गर्ने योजनाका साथ आयोजनाको शिलान्यास गरिएको बताए । उक्त स्थानमा स्वीमिङ पुल समेत निर्माण गर्ने योजनामा रहेको जानकारी गराउँदै उक्त स्थानमा राष्ट्रिय स्तरको खेलकुदकेन्द्रको रुपमा विकास हुने समेत बताए ।
प्रदेश सरकारले लिटर गार्डन स्कुल छेउमा कर्वोड हल निर्माणको लागि प्रदेश सरकारले कम्तिको पाँच करोड बजेटको व्यवस्थापन गरिदिने र यो वर्ष नै उक्त कार्यको शुभारम्भ हुने प्रदेश सरकारले तयारी गरिरहेको जानकारी गराए । विकासमा पुरानो हिनता बोकी सोच्नु नहुने बताउँदै उनले विकासको लाभ सवै नागरिकले लिन पाउने स्पष्ट पारे । विकास विरोधी नकारात्मक सोच बोकी हस्ताक्षर अभियान सञ्चालन गर्नु अनावश्यक रहेको औल्याउँदै उनले केही समुहको व्यवसाय नै विरोधको खेती गर्ने भएको आक्रोस व्यक्त गरे । विरोधी मानसिकताले ग्रसित मानिसहरुले जतिसुकै विरोध गरे पनि भक्तपुरको विकास नरोकीने उल्लेख गर्दै उनले भक्तपुरको विकासमा गरिएको विरोध घ्यु नआउने महि पारेर कुनै अर्थ नहुने समेत स्पष्ट पारे ।
सांसद बस्नेतद्वारा आज स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत कै मध्यपुर थिमी नगरपालिका वडा नं. ४ को इन्द्रायणी परिसरमा सांसद क्षेत्र विकास कोष र मध्यपुर नगरपालिकाको संयुक्त लगानीमा निर्माणाधीन जेष्ठ नागरिक दिवा सेवा केन्द्रको९छत ढलानको०स्थलगत निरीक्षण गर्नुको साथै उपभोक्ता समितिलाई गुणस्तरमा ध्यान दिन सुझाव समेत दिएका छन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस