काठमाण्डौ-नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारको अधिकारका विषयमा प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराएको छ।
अर्थ एवं संचार तथा सुचना प्रविधिमन्त्री युवराज खतिवडासँग भटेर महासंघको टोलीले विभिन्न १० बुँदे मागसहित ध्यानाकर्षणपत्र बुझाएको हो। महासंघले कानूनको मस्यौदा निर्माणको चरणवाटै पत्रकार महासंघसहित सम्बन्धित सरोकारवाला पक्षसँग आवश्यक छलफल र सहमतिको वातावरण बनाउन आग्रह गरेको छ। यस्तै मन्त्रि परिषदवाट पारित गरिएको ‘राष्ट्रिय आमसञ्चार नीति-२०७३ लाई कार्यन्वयन गरी स्वायत्त र स्वतन्त्र संरचना निर्माण गर्न पनि माग गरिएको छ।
महासंघको सदस्यता परिचय पत्रका आधारमा श्रमजीवी पत्रकारलाई सिंहदरबार प्रवेशको व्यवस्था गराउन पनि माग गरिएको छ। यस्तै विज्ञापन ऐनमा भएको व्यवस्थाअनुसार तत्काल विज्ञापन बोर्ड गठन गरी समानुपातिक विज्ञापन वितरण प्रणाली लागू गर्न पनि महासंघले आग्रह गरेको छ। पालिकाबाटै सञ्चारमाध्यम दर्ता, नवीकरण, सञ्चारमाध्यमको वर्गीकरण, लोककल्याणकारी विज्ञापनको भुक्तानीलगायतको व्यवस्था गर्न पनि महासंघले माग गरेको छ। यस्तै मन्त्री खतिवडासँग अपाङ्गता तथा अल्पसंख्यक, महिला र दलित श्रमजीवी पत्रकारले सञ्चालन गरेका सञ्चारमाध्यमलाई विशेष सहुलियतको व्यवस्था गर्न पनि माग गरिएको महासंघका अध्यक्ष गोविन्द आचार्यले जानकारी दिए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस