काठमाडौं – कक्षा ५ सम्मका विद्यार्थीलाई स्कुलमा नियमित बनाउन र शरीरलाई आवश्यक पोषक तत्व पुर्याउने उद्देश्यसहित सुरु गरिएको दिवाखाजा कार्यक्रमको रकम निकासा नभएपछि चालू आर्थिक वर्षको पहिलो चार महिना विद्यार्थीले खाजा पाएनन् । रकम निकासापछि खाजाको व्यवस्था त भयो, तर अधिकांश विद्यालय सरकारले तोकेको मापदण्डविपरीत बालबालिकालाई अस्वस्थकर खाजा खुवाइरहेका छन् ।
सरकारले चालू आर्थिक वर्ष ०७६र७७ मा दिवाखाजा कार्यक्रमका लागि ६ अर्ब ६२ करोड रकम विनियोजन गरेको छ । ४३ जिल्लाका बाल विकासदेखि कक्षा ५ सम्मका २० लाख ९८ हजार बालबालिकालाई १८० दिन खाजा खुवाउने गरी रकम छुट्याइएको छ । यीमध्ये ३४ जिल्लामा केन्द्रको अनुदान, नौ जिल्लामा विश्व खाद्य कार्यक्रमको सहयोग छ ।
केन्द्रको अनुदान पाउने जिल्लामा कैलाली, बर्दिया, दाङ, प्युठान, रोल्पा, कपिलवस्तु, नवलपरासी ९सुस्तापश्चिम०, नवलपरासी ९सुस्ता पूर्व०, बारा, धादिङ, सिन्धुपाल्चोक, रसुवा छन् । सिराहा, सप्तरी, सुनसरी, ओखलढुंगा, धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली, रामेछाप, दोलखा, नुवाकोट, रौतहट, पर्सा, गुल्मी, सल्यान, मुगु, डोल्पा, हुम्ला, जुम्ला, कालिकोट, डडेल्धुरा र बैतडीमा केन्द्रबाटै अनुदान गएको छ । विश्व खाद्य कार्यक्रमको सहयोगमा दार्चुला, बझाङ, बाजुरा, अछाम, डोटी, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट र दैलेखका तोकिएका विद्यालयमा दिवा खाजा कार्यक्रम कार्यान्वयन भएको छ । यीबाहेकका जिल्लाका कतिपय स्थानीय तहले आफैँ बजेट व्यवस्था गरी दिवा खाजा खुवाएका छन् ।
स्थानीय तहमार्फत नै रकम विद्यालयमा पुग्ने व्यवस्था छ । पहिलो चौमासिकको रकम सरकारले धेरै ढिलो निकासा गर्यो, स्थानीय तह र विद्यालयले वैकल्पिक व्यवस्था गरेनन् । त्यसैले बालबालिकाले खाजा पाएनन् ।
दिवा खाजाको विषयमा विद्यालयहरू नै अन्योलमा देखिएपछि शिक्षा मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले अभिमुखीकरण तालिम सुरु गरेको छ । २९ जिल्लामा तालिम भइसकेको छ । केन्द्रले केही दिनअघि सरोकारवालासँग गरेको छलफलमा तालिम दिएर फर्केकाले अधिकांश विद्यालयले पहिलो चौमासिकमा दिवा खाजा नखुवाएको रिपोर्टिङ गरेका छन् । दिवा खाजा कार्यक्रमसमेत हेर्ने केन्द्रका निर्देशक गेहनाथ गौतमले कार्यक्रमको मर्मअनुसार बालबालिकाले खाजा प्राप्त नगरेको बताए ।
‘केन्द्रबाट अनुगमन भएको छैन, तर फिल्डमा गएकाबाट गुणस्तरको मापदण्ड निर्धारण भएअनुसार दिवा खाजाको व्यवस्थापन गरिएको छैन भन्ने रिपोर्टिङ छ,’ निर्देशक गौतमले भने । अनुगमन नहुँदा अधिकांश विद्यालयले कार्यक्रमको उद्देश्य र मापदण्डअनुसार खाजाको व्यवस्था गरेका छैनन् । कतिपय विद्यालयले शुक्रबार खाजा नदिने गरेको, कतिपयले पकाउने भाँडासमेत नकिनेको पाइएको छ ।
भदौमा मात्र कार्यक्रम स्वीकृत भएपछि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले स्थानीय तहलाई रकम निकासा गरेको थियो । त्यसपछि स्थानीय तहले विद्यालयमा रकम पठाउन ढिला हुँदा समस्या भएको हो ।
समाजकल्याण परिषद्ले ०५३ सालदेखि दातृ निकायको सहयोगमा खाद्य अभाव हुने विद्यालयमा खाजा खुवाउन सुरु गरेको निर्देशक गौतमले बताए । ०६६ सालदेखि सरकारले अति आवश्यक विद्यालयमा दिवा खाजा वितरण सुरु गर्यो । अघिल्लो वर्षदेखि छनोटमा परेका जिल्लाका सबै विद्यालयमा यो कार्यक्रम लागू गरिएको हो । खाद्यका हिसाबले असुरक्षा भएका तथा गुणस्तरीय शिक्षामा खान पाउने अधिकार पनि जोडेर सरकारले दिवा खाजा कार्यक्रम विस्तार गरेको हो । अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षालाई जोडेर पनि सरकारले दिवा खाजा कार्यक्रम विस्तार गरिरहेको छ ।
कर्णालीका मुगु, डोल्पा, हुम्ला, जुम्ला र कालिकोटमा प्रतिविद्यार्थी दैनिक २० रुपैयाँ र अन्य जिल्लामा प्रतिविद्यार्थी दैनिक १५ रुपैयाँ दिने व्यवस्था छ । विद्यालय सञ्चालनको दिनलाई आधार मानेर वार्षिक एक सय ८० दिनको रकम विद्यालयले पाउँछन् । स्थानीय तहमार्फत यो रकम विद्यालयमा जान्छ ।
विद्यालयको दैनिक हाजिरी पुस्तिका, परीक्षामा सामेल भएको दिनसमेतको प्रतिलिपि प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षबाट प्रमाणित गराई स्थानीय तहले विद्यार्थी संख्या यकिन गर्छ । त्यसपछि मात्र थप रकम निकासा गरिन्छ । कार्यक्रम कार्यान्वयन पुस्तिका ०७६ मा तेस्रो चौमासिकको रकम निकासा गर्दा पहिलो र दोस्रो चौमासिकमा निकासा गरिएको रकम सदुपयोग भएको सुनिश्चित गर्नुपर्ने उल्लेख छ । नयाँपत्रिका दैनिकबाट
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस