काठमाडौं – प्रधानमन्त्री केपी ओली एक साता अस्पतालमै रहने भएका छन् । कुनै समस्या नआए एक सातामा डिस्चार्ज दिने उपचारमा संलग्न चिकित्सकले बताएका छन् । बुधबार दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेका ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख छ । ‘प्रधानमन्त्रीज्यूको स्वास्थ्य अवस्था अपेक्षा गरेभन्दा धेरै राम्रो छ,’ शल्यचिकित्सक प्रा।डा। प्रेमराज ज्ञवालीले भने ।
ओलीलाई तरल तथा नरम खानेकुरा दिन थालिएको छ । प्रत्यारोपित मिर्गौलाले सामान्य रूपमा काम गर्न थालिसकेको अस्पतालले जनाएको छ । तर, मिर्गौला प्रत्यारोपण गरेको व्यक्ति संक्रमणको उच्च जोखिममा रहने भएकाले उपचारमा संलग्न चिकित्सकबाहेक अन्यलाई भेट गर्न दिइएको छैन ।
अस्पतालका कार्यकारी निर्देशक डा। प्रेमकृष्ण खड्गाले भने, ‘प्रधानमन्त्रीज्यू घाउ दुख्यो भने दुख्यो भन्नुहुन्छ । अन्य वेला ठीक छ, दुखेको छैन भन्नुहुन्छ ।’ संक्रमणलाई मध्यनजर गर्दै ओलीलाई एक सातापछि आइसियूबाटै डिस्चार्ज दिने तयारी चिकित्सकको छ ।
प्रत्यारोपित मिर्गौलाले राम्रोसँग काम गर्न थाले पनि अहिले नै शरीरले मिर्गौला लियो भनेर दाबी गर्ने वेला भने नभएको चिकित्सकहरू बताउँछन् । ओलीको ०६४ मा भारतको एपोलो अस्पतालमा पहिलोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
प्रधानमन्त्रीलाई मिर्गौला दान गरेकी भान्जी नाता पर्ने समीक्षा संग्रौलाको स्वास्थ्य पनि सामान्य रहेको अस्पतालले जनाएको छ । उनलाई पनि तरल तथा नरम खाना दिन सुरु गरिएको निर्देशक खड्गाले बताए । नयाँपत्रिका दैनिकबाट
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस