एजेन्सी – भारतले कैयौं औषधिको निर्यातमा नियन्त्रण गर्ने घोषणा गरेको छ । विश्वभरि कोरोनाभाइरसको संक्रमण फैलिरहेको बेला भारतले यस्तो घोषणा गरेको हो ।
जनेरिक औषधिको सबभन्दा ठूलो आपूर्तिकर्ता भारतले औषधि निर्माणमा प्रयोग हुने २६ प्रकारका सामग्री तथा त्यसबाट बन्ने औषधिको निर्यातमा नियन्त्रण गर्ने घोषणा गरेको छ ।
भारतको यो घोषणासँगै संसारभर औषधिको अभाव हुने भय उत्पन्न भएको छ ।
अहिलेसम्म चीनबाहेक ८० वटा देशमा कोरोनाभाइरसको संक्रमण भेटिएको छ । चीनबाट फैलिएको कोरोना भाइरस युरोप, अमेरिका र अफ्रिकामा समेत फैलिएको छ । कोरोना भाइरसका कारण ९३ हजारभन्दा बढी संक्रमित भएका छन् भने ३ हजार २ सय भन्दा धेरैको मृत्यु भइसकेको छ ।
भारतले नियन्त्रण गर्ने घोषणा गरेका औषधिमा प्यारासिटामोल पनि पर्छ । यो औषधि शरीरको दुखाइ कम गर्न विश्वभरी सबभन्दा धेरै प्रयोग गरिने औषधि हो । भारतको यो घोषणा औषधिको कच्चा पदार्थ उत्पादन गर्ने चिनियाँ कम्पनीहरू बन्द भएको वा सीमित क्षमतामा सञ्चालित भएको बेला आएको हो ।
भारतका औषधि निर्माताहरू ७० प्रतिशत कच्चा पदार्थका निम्ति चीनमा निर्भर छन् । औषधि उद्योगका विज्ञहरूले प्रकोप जारी रहे तिनले अभाव झेल्नुपर्ने चेतावनी दिइसकेका थिए । ‘चीनमा नबन्ने औषधिका कच्चा पदार्थ पनि चीनबाटै मगाइन्छ । यदि भारत र चीन दुवै प्रभावित भए भने विश्वभरी नै अभाव हुनसक्छ,’ चाइना मार्केट रिसर्च ग्रुपका विश्लेषक शउन रेन भन्छन् ।
एफडीएका आयुक्त स्टीभन हानले भारतको पछिल्लो निर्णयले अमेरिकामा औषधि आपूर्तिमा कति असर पार्छ भनेर निक्र्योल गर्ने प्रयास भइरहेको बताए ।
अमेरिकाका ठूला औषधि निर्माता कम्पनीहरूले उनीहरूले आपूर्ति प्रणालीको निगरानी गरिरहेको बताएका छन् ।
गत साता माइलन कम्पनीले औषधिको अभाव हुने चेतावनी दिएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस