भक्तपुर-नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले प्रधानमन्त्रीले केपी शर्मा ओली नेतृत्वको सरकारले विकासलाई तिव्रता दिएसँगै भ्रष्टाचार, अनियमिता निर्मूलका साथै अपराधिहरुलाई कानुनी दायरमा ल्याउन थाले पछि त्यस्तै व्यक्तिहरुले कोलाहल तथा स्याल हुँईयाँ गर्न शुरु गरेको बताएका छन् |
नेपाल सरकारको स्थानीय स्तरको सडक पुल अन्तर्गत ७३ लाख ४० हजारको लागतमा सूर्यविनायक नगरपालिका वडा नं ८ सिपाडोलको झ्यालीपाटीबाट डोलेश्वर जाने चख्खुखोला पुल निर्माण कार्यको शिलान्यास कार्यक्रममा बोल्दै सांसद बस्नेतले हिजो तस्करि गर्ने, माफियातन्त्रहरु लुकेर नेता र प्रशासकहरुका आडमा छत्रछाँयामा लुकेर बसेका थिए त्यसलाई प्रधानमन्त्रीले स्प्रे गरिदिनुभएकोले गर्दा कतिपय मिडिया, सामाजिक सञ्जाल अनावश्यक स्यालहुँईया हुने गरेको बताए ।
प्रधानमन्त्री ओलीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै उनले भने , ‘राष्ट्र नायक प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले कोठामा जताततै लामखुट्टे लुकेको हुन्छ, स्प्रेबाट औषधी छरेपछि घाँईय र घुईँय गर्दै कराउँछन् । त्यो नछरुन्जेल चाँही लामखुट्टे छैनन् जस्तो हुने तर वर्तमान सरकारले स्प्रे छरेको छ ।
भ्रष्टाचारीलाई कानुनी उपचार भएको छ । हिजो तस्करि गर्ने, माफियातन्त्रहरु लुकेर नेता र प्रशासकहरुका आडमा छत्रछाँयामा लुकेर बसेका थिए त्यसलाई प्रधानमन्त्रीले स्प्रे गरिदिनुभयो, जसले गर्दा कतिपय मिडिया, सामाजिक सञ्जाल अनावश्यक स्यालहुँईया हुने गरेको छ । त्यसको कुनै तुक छैन, अर्थ छैन । यस्ता विकृति तथा विसंगतिलाई नियन्त्रण गरेरै छाड्छौं ।’
प्रधानमन्त्री ओलीले नेपालकै सरकारी अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्नुले आशाको किरण बलेको उल्लेख गर्दै उनले प्रधानमन्त्री ओलीको जोस र जाँगरले नै भक्तपुरको विकास अहिलेको गतिमा अघि बढेको स्पष्ट पारे । उनले भने , ‘बाघ हेर्न मनलागे विरालो हेर्नु, बाघ हेर्न सकिएन भने विरालो हेर्दा माघ कस्तो हुन्छ भनेजस्तो भक्तपुरको विकास र भक्तपुरको नेतृत्व हेरेपछि प्रधानमन्त्री ओलीले भक्तपुर तथा देशभर गर्नुभएको विकासको अवधारणा आउँछ ।’
गाउँ र शहर विचको सम्बन्ध पुलले स्थापीत भएको बताउँदै उहाँले भक्तपुरको विकास र समृद्धिको महत्वपूर्ण योजनाको रुपमा रहेको शिवशर्किट निर्माणको प्रकया समेत सूर्यविनायक नगरपालिकाले अघि बढाएको बताए ।
अरनीको राजमार्गको आदर्श चोकबाट वडा कार्यालय हुँदै घ्याम्पेडाँडासम्म जाने सडक यो वर्ष रातोकितामा पार्न सफल भएको १४ करोड ५० लाख बजेट विनियोजन भई काम अघि बढेको जानकारी गराउँदै उनले अघिल्लो वर्ष र यो वर्ष गरी २९ वटा पुलहरु निर्माण भइरहेको र अब करिव ८÷१० वटा माग रहेकोले आगामी वर्ष ति सवै आवश्यक पुलहरुको निर्माण सम्पन्न गरी त्यसपछि भक्तपुरका साविकका सडकहरुमा पुल आवश्यक छैन भन्ने अवस्था सिर्जना हुने समेत बताए ।
हनुमन्ते नदीको कोरिडोरमा सडक तथा ढल सहित करिव तीन करोड बजेट व्यवस्थापन भएको र आगामी दुई वर्षमा निर्माण सम्पन्न हुने बताउँदै उनले भक्तपुरका विभिन्न ठाउँहरुमा जग्गा प्लानिङको कामहरु भइरहेकाले कित्ता काटको रोकीयो भनि जनताले चित्त नदुखाउन आग्रह गर्दै अब भक्तपुरमा नयाँ र आधुनिक सहर हुने बताए ।
त्यस्तै उनले जनताको माझ गरेका चुनावी प्रतिवद्धताभन्दा बढी कामहरु भइरहेको उल्लेख गर्दै खेलकुद, खानेपानीलगायतका जनताका अति आवश्यक मागहरु तीन वर्षमा पुरा गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस