काठमाडौं – केपी ओली नेतृत्वको सरकारले सय दिन मनाउँदा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सबैभन्दा बढी चर्चामा थिए । यातायात क्षेत्रको सिन्डिकेटदेखि समयमा काम सम्पन्न नगर्ने ठेकदारलाई पक्राउ गरेर कारबाही गर्ने उनको योजनाको सर्वत्र प्रशंसा भएको थियो । सुन तस्करीमा संलग्न हाइप्रोफाइल व्यक्तिहरू धमाधम पक्राउ परिरहेका थिए । सरकारका मन्त्रीहरूमध्ये सबैभन्दा चर्चा र प्रशंसा उनकै थियो ।
बादल गृहमन्त्री भएको गत १३ फागुनमा दुई वर्ष पुगेको छ । अहिले उनी विगतमा जस्तो चर्चामा छैनन् । उनका आक्रामक कार्य योजनाहरू सेलाउँदै गएका छन् । निर्मला पन्तको हत्यादेखि कुमार पौडेलको इन्काउन्टरसम्मका घटनाको विवादमा उनको छविमा धक्का लाग्यो । पछिल्लो समय उनको कार्यशैली फेरिँदै गएको छ ।
आक्रामक सुरुवात, सुस्त कार्यान्वयन
ओली सरकारको पहिलो राम्रो कामका रूपमा यातायात क्षेत्रको सिन्डिकेटविरुद्धको कारबाहीलाई लिइएको थियो । जिल्ला प्रशासन कार्यालयमा एनजिओका रूपमा यातायात समितिहरू दर्ता गरेर करोडौँको व्यवसाय गरिरहेका थिए । ती सबै समिति खारेज गर्ने र कम्पनीमार्फत यातायात व्यवसाय सञ्चालन गर्नुपर्ने निर्णय भयो । त्यसको कार्यान्वायनमा गृह मन्त्रालयको महत्व्पूर्ण भूमिका थियो । तर, अहिलेसम्म यातायात समिति खारेज भइसकेका छैनन् । सार्वजनिक यातायात क्षेत्रमा स्वच्छ प्रतिस्पर्धाको वातावरण नहुँदा सुधार आउन सकेको छैन ।
त्यसपछिको मन्त्री बादलको अर्को महत्वपूर्ण योजना समयमा काम नगर्ने निर्माण व्यवसायीमाथि कारबाही थियो । गृह मन्त्रालयको निर्देशनमा विभिन्न जिल्लामा केही ठेकदार पक्राउ पनि परे । यो कामको जनस्तरबाट प्रशंसा भए पनि प्रधानमन्त्री तथा पार्टीकै नेताहरूको दबाबपछि उनले यो अभियानलाई निरन्तरता दिन सकेनन् । पछिल्लो समयमा काम सम्पन्न नगर्ने ठेकदारलाई झन् सहज हुने गरी सरकारले पटक–पटक सार्वजनिक खरिद नियमावली संशोधन गरिरहेको छ ।
मन्त्री बादलको एउटा सफलता सुन तस्करीमा संलग्न संगठित समूहविरुद्धको कारबाही हो । तस्करीको सुन हराएको विवादमा सनम शाक्यको हत्या भएको घटनामाथि अनुसन्धान गर्दा यसमा संगठित समूह देखियो । त्यसको अनुसन्धानका लागि उनले सहसचिवको नेतृत्वमा विशेष अनुसन्धान टोली गठन गरे । टोलीले प्रहरीसहित संगठित गिरोहविरुद्ध मुद्दा चलायो र पाँच वर्षदेखि विमानस्थलमा संगठित रूपमा हुँदै आएको तस्करी बन्द भयो । तर, अनुसन्धान टोलीको प्रतिवेदन अहिलेसम्म कार्यान्वायन हुन सकेको छैन । गिरोहका कतिपय मुख्य नाइके अझै फरार छन् ।
लागुऔषध र मदिराले समाजमा ठूलो असर गरेको भन्दै गृहमन्त्री बादले यसविरुद्ध वडा तहसम्म अभियान सुरु गर्ने घोषणा गरे । सामाजिक परिवर्तनका लागि यो निकै महत्वपूर्ण हुने आकलन गरिएको थियो । मदिरा बिक्री– वितरणलाई समेत व्यवस्थित बनाउने उनको प्रयास मन्त्रिपरिषद्, व्यवसायी र विदेशीसम्मको दबाबमा असफल भयो । अध्यागमनमा प्रविधिगत सुधार ल्याएका छन् । इमी सफ्टवेयर विस्थापित भएर आफ्नै नेपाल पोर्ट सफ्टवेयर जडान गरिएको छ । केही आधुनिक प्रविधि जडान गरिएको छ । तर, पनि अध्यागमनमा हुने सेटिङ र कर्मचारीको रुखो व्यवहारमा सुधार हुन सकेको छैन ।
बादलले गृह मन्त्रालयमा सुधारका लागि समयसीमासहित ८२ बुँदे गृह प्रशासन सुधार कार्ययोजना सार्वजनिक गरे । कार्ययोजनामा थोरै मात्र काम समयसीमाभित्र सम्पन्न भएको छ । उनले सार्वजनिक गरेको बुँदा नम्बर २४ मा भनिएको छ, ‘पुरस्कार र दण्डको नीति कार्यान्वायनको नियमित अनुगमन गर्नका लागि मन्त्रालयमा एक संयन्त्र निमार्ण गर्ने ।’ यस्तोे संयन्त्रले काम गरेको छैन । नयाँपत्रिका दैनिकबाट
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस