भक्तपुर-सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले बुढिगण्डकी घट्टाको बाँध खोलको पुल शिलान्यास गरेका छन् |
नेपाल सरकार स्थानीय स्तरको सडक पुल कार्यक्रम अन्तरगत रु ६९ लाख आठ हजार (भ्याट वाहेक)को लागतमा तीन महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ आज जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं. ७ स्थित उक्त पुल शिलान्यास गरिएको हो ।
८ मिटर लम्वाई भएको रु १ करोड २६ लाख बराबरको रकम भएता पनि खुल्ला प्रतिस्पर्धाका कारण ६९ लाखमा निर्माण शुरु गरिएको हो । उक्त रकमबाट बचत भएको रकमबाट पनि गूण्डु वस पार्कसँगै अर्को पुल नै निर्माण गरिने भएको छ ।
कार्यक्रममा बोल्दै सांसद बस्नेतले भक्तपुर विकास र समृद्धिको हिसावले व्यापक मात्रामा अघि बढेको बताउँदै भक्तपुरको इतिहासमा नै सवैभन्दा बढी हाल साना १० वटा र ठूला ६ वटा गरी १६ वटा पुलहरु निर्माणको चरणमा रहेको जानकारी गराए |
भक्तपुरमा पुल तथा सडकहरु अधिकांश निर्माणको चरणमा रहेको जानकारी गराउँदै उनले काठमाडौँ र भक्पुर जोड्ने बेलिब्रिज, कौशलटार, गठ्ठाघर, भक्तपुर नगरपालिका जोड्ने पुल लगायतका ६ ठूला पनि निर्माण गरिदै गरेको बताए ।
आफ्नो चाहना नै चुनावी प्रतिवद्धता पुरा गर्दै जनताको विकास प्रतिको सपना पुरा गर्ने भएको उल्लेख गर्दै उनले आगामी पाँच वर्ष भित्रमा काठमाडौँ उपत्यकामा प्लेनबाट हेर्दा समेत भक्तपुर स्पष्ट रुपले छुट्टीने गरी विकास गर्ने समेत उद्घोष गरे ।
भक्तपुरमा स्मार्ट सिटी तथा ल्याण्ड पुलिङलगायतका आयोजनाहरु निर्माणको प्रकृया अघि बढिरहेको जानकारी गराउँदै उनले स्मार्ट सिटीको निर्माण सम्पन्न भएपश्चात मुलुकको मात्र नभई विश्वकै उत्कृष्ट विकास भएको शहरको रुपमा भक्तपुरको पहिचना स्थापीत हुने दावी गरे
स्मार्ट सिटीको निर्माणसँगै जनतालाई अनिवार्य आवश्यक पर्ने विकासका कार्यहरु हुने स्पष्ट पार्दै कुनै पनि यो वा त्यो बहानामा विकास नरोकिने बताउँदै आफ्नो लक्ष्य भनेको नै काम, काम, काम भएको उल्लेख गरे ।
२०५४ सालमा स्व मनमोहन अधिकारीबाट उद्घाटन गरिएको गुण्डु बुढीगण्डकी पुललाई सोही अवस्थामा राखेर छेउमा अर्को पुल बनाइने जानकारी गराउँदै उनले सडक तर्फ पनि महत्वपूर्ण काम भएको जानकारी गराए ।
बालकोट(रानीकोड सडकखण्डमा ४० करोडको टेण्डर सकिएको, शिवटार जाने सडकमा ६ करोडको काम सकिएको रेडक्रस सडकमा थप ७५ करोड बजेट परेको बताए |
त्यस्तै पलासेदेखि डोलेश्वरसम्म ३ किलोमिटर बाटो १४ करोडको लागतमा सकिएको, आदर्शचोकदेखि घ्याम्पेडाडा जाने सडक ७ करोडको बजेट छुट्टाइएको जानकारी गराउँदै अबका दिनमा भक्तपुरका जनताले त्यहाँ विकास भयो, मेरोमा भएन भन्ने दिन नआउने समेत स्पष्ट पारे ।
कतिपयले विकासको नाममा राजनीति गरिरहेको प्रशंग कोट्याउँदै विकासको विरोधीलाई कामबाट जवाफ दिने समेत उल्लेख गरे । विरोधीले चुनावमा भोटको लागि अनावश्यक विरोध तथा भ्रम फैलाउने कार्यहरु भइरहेको उल्लेख गर्दै उनले अनावश्यक भ्रमको जनताले स्पष्ट जानकारी भएको बताए ।
भक्तपुरको विकास दिन र रात छुट्टीने गरि भएको जहाँ कसैले दिनलाई रात र रातलाई दिन बनाउने प्रयास नगरेको उत्तम हुने उल्लेख गर्दै अनावश्यक कुराको खोकाई भनेको उसको छाती कमजोर भएकाले खोक्ने गरेको उदाहरण दिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस