काठमाडौं काठमाडौं उपत्यकाभित्र रहेका सात विश्वसम्पदा स्थलमा ५ सय ९९ संरचना मापदण्ड विपरीत बनेको पाइएको छ। तीमध्ये अधिकांश निजी घर रहेका छन्। पुरातत्व विभाग विश्वसम्पदा संरक्षण शाखा प्रमुख डा। सुरेशसुरश श्रेष्ठका अनुसार तीमध्ये सबैभन्दा बढी भक्तपुर दरबारक्षेत्रमा रहेका छन्।
भक्तपुर दरबार क्षेत्रभित्र १ सय ५४ सम्पदा मापदण्ड विपरीत देखिएका छन्। विभागको तथ्याङ्कअनुसार पाटन दरबार क्षेत्रभित्र १ सय ३०, हनुमानढोका दरबार क्षेत्रभित्र ९५, स्वयम्भू क्षेत्रभित्र ७०, पशुपतिक्षेत्र विकास कोषअन्तर्गतका क्षेत्रभित्र ६६, बौद्धनाथ क्षेत्रभित्र ६० र चाँगुनारायण क्षेत्रभित्र २४ संरचना मापदण्ड विपरीत बनेका छन्।
युनेस्कोले सम्पदा क्षेत्रभित्र मापदण्डविपरीत निर्माण गरिएका संरचना हटाउन सरकारलाई आग्रह गर्दै आएको छ। विशेष गरी हनुमानढोका दरबार क्षेत्रलाई पटकपटक खतराको सूचीमा राख्ने चेतावनी दिँदा पनि मापदण्ड विपरीत निर्माण गरिएका संरचना नै मुख्य कारण देखाइएकोे थियो। विभागका अनुसार २०४६ सालदेखि २०७१ सालसम्म मापदण्डविपरीत संरचना निर्माण भएका हुन्।
विभागका शाखा प्रमुख डा. श्रेष्ठले २०७२ सालको शक्तिशाली भूकम्पपछि ती क्षेत्रमा पुनर्निर्माण भएका संरचना मापदण्डअनुसार नै भएको दाबी गर्दै भने– ‘अहिले त्यो क्रम रोकिएको छ। सम्पदा क्षेत्रको संरचनाको नक्सा पास गर्ने र कार्यान्वयन गर्ने निकाय स्थानीय निकायको हो। तर स्थानीय निकायले एक किसिमको नक्सा पास गर्ने अनि घरधनीले मापदण्ड विपरीत निर्माण गर्ने प्रवृत्ति बढेको कारण समस्या देखिएको छ।’
काठमाडौं महानगरपालिका सम्पदा महाशाखाका निर्देशक रामबहादुर थापाले अब नयाँ रणनीति ल्याएर नियमविपरीत बनेका घरलाई कारबाहीको दायरामा ल्याउने तयारी भइरहेको जानकारी दिएका नेपाल समाचारपत्र दैनिकले खबर लेखेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस