काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोडको बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि संचारमन्त्रीबाट राजिनामा दिएका गोकुल बास्कोटाको बचाउ गरेका छन् । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले गोकुल बास्कोटाले भ्रष्टाचार नगरेको भन्दै उनको बचाउ गरेका हुन् ।
प्रिन्टिङ प्रेस खरिद प्रकरणमा नाम जोडिएको कारणले मात्र बास्कोटोले नैतिकताको हिसाबले राजिनामा गरेको प्रधानमन्त्रीले बताए । ‘टेप प्रकरणमा कुनै मान्छेले अनाधिकृत तवरले अडियो सार्वजनिक गरेको छ तर केही प्रमाण छैन । गोकुल बाँस्कोटाले मेराबारे प्रश्न उठ्यो राजिनामा दिएँ भन्नुभएको छ’ प्रधानमन्त्री ओलीले भने, ‘उहाँले उक्त अडियो मेरो होइन भन्नु भएको छ । सत्यता पुष्टि भएको छैन । स्विस एम्वेसीले पनि त्यो एजेन्ट होइन भनेको छ ।’
अडियो प्रकरणबारे सरकारको चरम आलोचना भइरहँदा प्रधानमन्त्री ओलीले भने बास्कोटाको बचाउ गर्दै आएका छन् । सामाजिक संजाल र संचारमाध्यमहरुमा सेक्यूरिटी प्रिन्टिङ प्रेसमा मात्र नभई अन्य खर्बौँका परियोेजनामा समेत घोटाला भएको समाचार प्रकाशित भएको थियो ।
प्रधानमन्त्रीको निकै प्रिय व्यक्ति रहेका बाँस्कोटा हाल बालकोटस्थित प्रधानमन्त्री ओलीकै घरमा बस्दै आएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस