काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमको सत्ता मोहका कारण पार्टीभित्र आन्तरिक विवाद चर्किएको छ। गत निर्वाचनमा बर्दियाबाट पराजित गौतमलाई राष्ट्रिय सभाका सदस्य बनाउने र नबनाउने पक्षमा नेकपा सचिवालय विभाजित बनेको छ।
नेपाल समाचारपत्र दैनिकले लेखेको खबर अनुसार, अन्ततः संविधान संशोधनमार्फत राष्ट्रिय सभाको सदस्य हुँदै प्रधानमन्त्री बन्ने गौतमको चाहना मात्र अधुरो बनेन, युवराज खतिवडाका ठाउँमा अर्थमन्त्री बन्ने सपना पनि पूरा भएन। पुनः खतिवडालाई नै राष्ट्रिय सभाको सांसद बनाउने अडानमा प्रधानमन्त्री ओली रहेपछि गौतमका सबै महत्त्वाकांक्षा चकनाचुर भएका हुन्।
संविधान संशोधन गर्न सचिवालयले गठन गरेको कार्यदल सचिवालयकै बुधबारको अर्को बैठकले भंग गरेको छ। यसअघि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले गौतमलाई राष्ट्रिय सभाको सदस्य बनाउन आग्रह गर्नुभएको थियो। तर, गौतमले भने संविधान संशोधन गरेर प्रधानमन्त्री बन्ने बाटो खुलाएपछि मात्र राष्ट्रिय सभाको सदस्य बन्ने अडान लिएका थिए । अहिले संविधान संशोधनको बाटो बन्द भएको अवस्थामा पुनः गौतमलाई राष्ट्रिय सभाको सदस्य बनाउने सचिवालयको बैठकले निर्णय गरेपछि प्रधानमन्त्री ओली असन्तुष्ट बनेका छन् ।
बुधबारकै सचिवालय बैठकले वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको थियो। तर, लगत्तै प्रधानमन्त्री ओलीले सचिवालयका नेताहरूलाई राष्ट्रपतिबाट मनोनिति हुने राष्ट्रिय सभा सदस्यमा मन्त्रिपरिषद्ले खतिवडालाई सिफारिस गरिसकेको जानकारी गराएपछि पार्टीभित्र नयाँ तरङ्ग पैदा भयो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस