काठमाडौँ- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकार तथा सिङ्गो नेकपाको विरुद्धमा अनावश्यक बहानामा भ्रमको खेती भइरहेको उल्लेख गर्दै राष्ट्र, राष्ट्रियता र राष्ट्रिय सार्वभौमिकताको सवालमा कसैले पढाउनु जरुरी नरहेको बताएका छन् |
सामाजिक, सांस्कृतिक रुपान्तरण र समृध्दिका लागि युवा अग्रसरता भन्ने मुल नाराका साथ जिल्ला समन्वय समिति झापाले २०७६ फागुन १० र ११ गते विर्तामाेड झापामा आयाेजना गरेकाे जिल्ला युवा सम्मेलनमा बोल्दै उनले प्रधानमन्त्री ओलीको जन्मदिनमा काटिएको केकको विषयमा अतिरन्जित तरिकाले प्रचारवाजी गरिएको बताए ।
पछिल्लो समय गाउँलाई विर्सने प्रवृत्ति बढेकाले प्रम ओली सकारात्मक सन्देश प्रवाह गर्न जन्मथलो गई जन्मोत्सब मनाएको उनले उल्लेख गरे ।
सांसद बस्नेतले भने , ‘जन्मोत्सवको केक काट्नलाई सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो जन्मघर तेह्रथुम जानुभएको हैन, भ्रम मात्र फिजाउन खोजिएको हो । आफु जन्मेको ठाउँलाई विर्सनु हुँदैन भन्ने सकारात्म सन्देश प्रवाह गर्न उहाँ जन्मथलो जानुभएको हो । तर त्यसलाई अनावश्यक तरिकाले विश्लेषण गरी अतिरञ्जित गरियो । तिललाई पहाड बनाउने चेष्ठा गरियो ।’
उक्त घरलाई संग्राहलयको रुपमा विकास गर्ने लक्ष्यका साथै तेह्रथुमलाई नयाँ तरिकाले विकास गर्ने योजना प्रधानमन्त्री ओलीको योजना रहेको सुनाउँदै बस्नेतले केकमा नेपालको नक्शा तथा झण्डा प्रधानमन्त्रीको तथा कुनै सरकारी योजनामा नभई सुभचिन्तकद्वारा उक्त कार्य गरेको स्पष्ट पारे ।
निर्वतमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको पनि असल नियतले नभई खराव नियतले बाहिर ल्याइएको बताउँदै उक्त काण्डलाई अख्तियार तथा सम्बन्धीत निकायले गंभिर रुपमा छानविन गर्नुपर्नेमा जोड दिए ।
पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई पार्टीको योगदानलाई मूल्याङकन गरी जनप्रतिनिधि बनाउने प्रयास सकारात्मक भएको रहेको उल्लेख गर्दै पार्टीका उपाध्यक्ष गौतमको प्रधानमन्त्री बन्ने लक्ष्य भन्दा पनि प्रत्यक्ष निर्वाचित, समानुपातीक तथा राष्ट्रियसभाका सदस्यहरुको समानता हुनुपर्छ भन्ने धारणा रहेको स्पष्ट पारे ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस