पोखरा-समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा।बाबुराम भट्टराईले प्रधानमन्त्री र प्रधानन्यायाधिशलाई पनि अनुसन्धानमा ल्याउनुपर्ने बताएका छन् । पुराना पार्टीहरु ओरालो लाग्दै गरेको भन्दै उने सबैलाई अनुसन्धानमा ल्याउन मिल्नेगरी व्यवस्था ल्याउनुपर्ने बताए ।
पोखरामा कार्यकर्ताहरुसंगको भेटमा भट्टराईले भ्रष्ट एवम असक्षमहरु ओरालो लागेको र मुलुकलाई समृद्ध बनाउने सिद्धान्त, कार्यक्रम र कार्यशैलीसहितको समाजवादी पार्टी बैकल्पिक शक्ति भएको दावी गरे ।
उनले नेकपाको विकल्प काँग्रेस, काँग्रेसको विकल्प नेकपाको जमाना गएको पनि बताए । अब समाजवादी शसक्त रुपमा अघि बढ्दैछ आगामी चुनावसम्ममा सबैभन्दा शक्तिशाली पार्टी बन्छ ।
एमाले र माओवादीको एकता तेल र पानी मिसाए जस्तो हो भन्दै भट्टराईले गुटै गुट र लुटै लुटले मुलुकलाई भ्रष्टीकरणमा डुवाएको र काँग्रेस पनि उही ड्याङको पार्टी भएकाले मुलुकको आवाश्यकताले गठित समाजवादी पार्टीका नेता कार्यकर्ताहरुलाई सशक्त रुपमा अभियान तिव्र पार्न निर्देशन दिए ।
प्रधानमन्त्री र प्रधानन्यायधीसलाई पनि अनुसन्धानमा ल्याउने गरी लोकपालको व्यवस्था गर्नुपर्नेमा जोड दिंदै भट्टराईले भने– तर भ्रष्टहरु मान्न तयार छैनन् । ललिता निवास, मातातिर्थ लगायतमा आफूलाई फँसाउन खोजेका भन्दै उनले आफ्नो गल्ती नभएकोले कसैले रौं पनि हल्लाउन नसक्ने बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस