काभ्रे- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस हावाले भरिएको बेलुन तथा घमण्डले भरिएको मान्छे जस्तै भएकाले कांग्रेसको वेलुनलाई कसैले फुटाइरहनु नपर्ने, जुन आफै फुट्ने बताएका छन्
आज नमोवुद्ध नगरपालिका वडा नं. ९ मा ग्याल्बो ल्होछार कार्यक्रममा बोल्दै मुलुक समृद्धिको बाटोमा तिव्र गतिमा अघि बढिरहेको बताउँदै उनले कांग्रेसलाई एजेण्डाविहिन भएकाले भिरबाट लडेको मान्छे जस्तो जे भेट्यो त्यही समात्ने गरेको बताए ।
वर्तमान नेकपाको सरकारले मुलुकको चारै दिशामा विकासका मुलहरु फुटाएको उल्लेख गर्दै कांग्रेसले आफ्नो अस्तित्वलाई स्थापीत गर्न सरकारसँग सहकार्य गरि अघि बढ्न आग्रह गरे
अनावश्यक मुद्धालाई उठाई कांग्रेसले आफ्नो विगतको साख समेत गुमाउँदै गएको बताउँदै सांसद बस्नेतले झुटको खेती नगर्न समेत कांग्रेसलाई सचेत गराए । उनले मुलुकको समृद्धि कुनै एक पार्टीको नभई समग्र मुलुक तथा जनताको भएकाले कांग्रेसले वर्तमान सरकारले गरेको कामलाई नआत्ती साथ र सहयोग गर्न आग्रह गरे ।
उनले भने , ‘मुलुकले काँचुली फेर्दैछ । यसमा साथ दिनु कांग्रेसको पनि दायीत्व हो । सरकारले विकास र समृद्धिको साथमा भ्रष्टाचार तथा सुशासन स्थापना गर्न थालेको छ । कांग्रेसले मेरो वा तेरो भनेर आत्तीनु पर्दैन । कानुनभन्दा माथि कोही छैन । कानुनी राज्यको आभास हुने र जनतालाई महशुस गराउने गरी सरकारले काम गर्छ ।’
समर्थक र सभेच्छुकहरुले कुनै पनि राजनीतिक घटनाक्रमबाट नआत्तीन आग्रह गर्दै राजनीतिक गर्ने व्यक्तिलाई कहिले काँही बदनाम गराउने उद्देश्यले समेत केही घटनाहरु आइरहने बताए । जुनसुकै घटनाक्रमको समाधान गर्ने कानुनी निकाय रहेको उल्लेख गर्दै उनले स्वतन्त्र निकाले वास्तविकता छानविन गरी कसैलाई काखा, कसैलाई पाखा भन्ने नहुने स्पष्ट पारे ।
अविकसित मुलुकलाई अमेरिकी सरकारले गर्ने सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) राष्ट्रको हितमा रही पास हुने बताउँदै उनले एमसीसीका केही बुँदाहरु संशोधन गरी संसदबाट पास हुने स्पष्ट पारे । विरोधको नाममा विरोध गर्नुको कुनै औचित्य नभएको बताउँदै उनले मुलुकको हितको लागि कसैले सहयोग गर्छ भने उक्त सहयोग स्वीकार्नुपर्ने बताए |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस