एजेन्सी – दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण तिब्र रुपमा फैलिएको छ । दक्षिण कोरियाले घातक नयाँ कोरोनाभाइरसको सङ्क्रमण अझ फैलिन नदिने उद्देश्यले विभिन्न सुरक्षाका विभिन्न उपायहरू अवलम्बन गरेको छ।
त्यहाँ दोस्रो दिन पनि कोरोनाबाट सङ्क्रमित भएका मानिसको सङ्ख्या ह्वात्तै बढेको देखिएको छ। प्रधानमन्त्री चुङ स्येक्यूनले अहिले देशमा सङ्कटकालीन अवस्था भएको टिप्पणी गरेका छन्।
दक्षिणी सहरहरू डाएगु र चेओङ्डोलाई विशेष हेरचाह क्षेत्रू घोषणा गरिएको छ। डाएगुका सडकहरू अहिले प्रायः सुनसान छन्।
एउटा धार्मिक समूहका सदस्यहरूमा कोरोनाभाइरसको सङ्क्रमण व्याप्त रहेको पाइएपछि अधिकारीहरूले त्यसका ९,००० सदस्यलाई आफैँ क्वारन्टीनमा बस्न भनेका छन्।
त्यहाँ शुक्रवार ५२ जनामा कोरोनाभाइरस देखिएको पुष्टि भएको छ। अघिल्लो दिन ५३ मानिसमा सङ्क्रमण भएका बताइएको थियो।
दक्षिण कोरियामा अब कुल १५६ जनामा कोरोनाभाइरस रहेको पुष्टि भएको छ। चीनबाहिर र जापानको तटनजिकै रोकिएको एउटा क्रूज पानीजहाजमा भएका सङ्क्रमित मानिसको सङ्ख्यापछि त्यो ठूलो सङ्ख्या हो।
यसै हप्ता केहीअघि चेओङ्डो सहरमा अधिकारीहरूले दक्षिण कोरियामा पहिलो पल्ट एक मानिसको मृत्यु कोरोनाभाइरसका कारण भएको जनाएका थिए।
विश्वमा अहिलेसम्म ७६,००० भन्दा बढी मानिसमा कोभिड १९ भएको पुष्टि भएको छ भने २,२४७ जनाको मृत्यु भएको छ।
अधिकांश सङ्क्रमण र मृत्युका घटना चीनमा भएका छन्। चीनमा ७५,००० जनामा सङ्क्रमण भएको र २,२३६ जनाको मृत्यु भएको तथ्याङ्क छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस