भक्तपुर-नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले नेपालीले विश्व विजय गर्ने भनेको खेलकुदबाट मात्र संभव भएको बताएक छन् ।
‘स्वास्थ्यको लागि खेलकूद, राष्ट्रको लागि खेलकूद’ भन्ने मुल नाराका साथ संवाहक मिडिया हाउस तथा नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले आयोजना गरेको १३ औँ दक्षिण एसियाली खेलकूद प्रतियोगितामा पदक प्राप्त गर्न सफल भक्तपुर जिल्लाका खेलाडी तथा सहभागी प्रशिक्षक रेफ्रिहरुलाई सम्मान कार्यक्रममा बोल्दै सांसद बस्नेत खेलको विकास भक्तपुरबाट नै गर्नुपर्ने बताउँदै हरेक खेलको विकासका लागि पूर्वाधार निर्माणमा आफू दिलो ज्यान भएर लागि पर्ने बताए ।
नेपालले क्रिकेटमा अमेरिकालाई हराएको प्रशंगलाई जोड्दै उनले विश्वका शक्तिशाली राज्यलाई नेपालले हराउन सक्ने एउटै मात्र माध्यम भनेको खेलकुद भएको उल्लेख गरे ।
खेलाडीले प्राप्त गरेको नगद पुरस्कार अर्थमन्त्रालयमा पुगेर अड्कीएर रहेको बाधा फुकाउने जिम्मेवारी पुरा गर्ने प्रतिवद्धता जनाउँदै खेलकुदलाई उद्योगसँग जोड्नुपर्नेमा जोड दिए ।
आफु जहाँ छौं त्यहीबाट सरकार तथा नीजि क्षेत्रको संयुक्त रुपमा विकास र समृद्धिको बाटोमा अघि बढ्नुपर्नेमा जोड दिँदै उहाँले खेलकुदलाई व्यवसायीक तथा औद्योगीकरण गर्नुपर्ने बताए ।
उनले हरेक खेलको जिल्लाभर कवर्ड हल बनाउनुपर्ने बताउँदै एक खेल एक विद्यालयको अभियान ल्याउँदै सक्षम एवं सवल खेलाडी उत्पादन गर्नु हाम्रो दायित्व भएको बताए ।
सम्मानित खेलाडीहरुलाई सम्मान गर्दै उनले सागमा विजेता खेलाडीहरुको रोकिएको रकम यथा सिग्र दिलाउन आफू अर्थ मन्त्रालयमा पहल गर्ने समेत बताए ।
यस्तै कार्यक्रममा सूर्यविनायक नगरपालिका वडा नम्वर ८का वडा अध्यक्ष एवं खेलकुद समितिका संयोजक किरण थापाले भक्तपुरको खेलकुद विकासमा योगदान पुञ्याउँदै आएको संवाहक मिडिया हाउस र राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ भक्तपुरको प्रशंसा गरे । उनले खेलको विकासलागी सूर्यविनायक नगरपालिकाले पनि विभिन्न कार्यक्रमहरु ल्याउन लागेको समेत जानकारी गराएका थिए ।
यस्तै कार्यक्रममा भक्तपुर साँगीतिक समाजका अध्यक्ष प्रविण शाही, नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका केन्द्रिय अध्यक्ष दिपक श्रेष्ठ, पत्रकार महासंघका संस्थापक सभापति रमेश खड्का, भक्तपुर जिल्ला बक्सिङ संघका अध्यक्ष रामकृष्ण प्रजापतिले सम्मानित खेलाडीहरुलाई बधाई दिदै खेलकुद र मिडिया सँगै सँगै भएमात्र यसको विकास हुन सक्ने बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस