काठमाडौं – सार्वजनिक पदबाट अवकाश पाएको ५ वर्षभित्र मात्र भ्रष्टाचार मुद्दा चल्ने सरकारको प्रस्तावप्रति सत्तासीन नेकपाकै सांसदले आपत्ति जनाएका छन्। सरकारले ५ वर्षे हदम्यादको प्रस्तावसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ मा संशोधन विधेयक संसद्मा पेस गरेको छ।
हदम्यादप्रति राष्ट्रियसभामा सत्तासीन नेकपाकै ९ जना सांसदले संशोधन प्रस्ताव गरेका छन्। नेकपाका शेरबहादुर कुँवर, ठगेन्द्रप्रकाश पुरी, उदया शर्मा पौडेल, मीना बुढा, युटोल तामाङ, हरिचण शिवाकोटी, सिंहबहादुर विश्वकर्मा, नन्दा चपाई र रामलखिन हरिजनले ५ वर्षे हदम्याद हटाउन संशोधन दर्ता गरेका छन्। विधेयक राष्ट्रियसभाको विधायन समितिमा छ।
‘पदमा बस्दा भ्रष्टाचार गर्ने, पाँच वर्षपछि मुद्दा नलाग्ने कुरा उचित छैन भनेर हामीले सामूहिक संशोधन दर्ता गरेका हौं’, नेकपा सांसद कुँवरले अन्नपूर्णसँग भने, ‘सार्वजनिक पदबाट अवकाशलगत्तै अर्को राजनीतिक नियुक्ति खाने र पाँचवर्षे हदम्याद कटाएर भ्रष्टाचारबाट उन्मुक्ति लिने अवस्था आउनु हुँदैन।’
नीतिगत भ्रष्टाचार तत्कालै नखुल्ने र कयौं विषय दसौं वर्षपछि खुल्ने हुँदा हदम्याद प्रस्ताव स्वीकार गर्न नसकिने कुँवरको तर्क छ। सरकारले अख्तियार ऐनको दफा २९ मा भ्रष्टाचार गरेको थाहा पाएको वा अवकाश भएको ५ वर्षभित्र मात्र भ्रष्टाचार मुद्दा चलाउने अवधिको प्रस्ताव गरेको छ।
दफा २९ मा भनिएको छ, ‘भ्रष्टाचारजन्य कसुरमा त्यस्तो कार्य भएको थाहा पाएको मितिले पाँच वर्षभित्र मुद्दा चलाउनुपर्नेछ।’
यस्तै सोही दफाको उपदफा ९२० मा सार्वजनिक पद धारण गरेको व्यक्तिले पदमा बहाल रहँदाका बखत भ्रष्टाचार गरेको रहेछ र त्यस्तो विषयमा यो ऐनबमोजिम तत्काल कारवाही हुन सक्ने रहेनछ भने निज जुनसुकै व्यहोराबाट अवकाश प्राप्त गरे पनि अवकाश भएको मितिले ५ वर्षभित्र निज उपर यस ऐनबमोजिम कारवाही गर्न वा मुद्दा चलाउन वाधा पर्ने छैन’, भन्ने प्रस्ताव छ।
मुद्दा चलाउने अवधि स्पष्ट गरी अनुसन्धान प्रभावकारी बनाउन यस्तो प्रस्ताव गरिएको सरकारी भनाइ छ। अहिलेको ऐनमा सार्वजनिक पद धारण गरेको व्यक्तिमाथि अवकाशपछि जुनसुकै बेला पनि भ्रष्टाचार मुद्दा चल्ने व्यवस्था छ। ‘पाँचवर्षे हदम्यादले कसैले उन्मुक्ति पाउने र दुरुपयोग हुने अवस्था नआओस् भन्ने हाम्रो भनाइ हो’, नेकपा सांसद कुँवरले भने। अन्नपूर्णपोष्ट दैनिकबाट
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस