काभ्रेपलाञ्चोक- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ‘डिजिटल नेपाल’ बनाउने महाअभियानमा रहेको बताएका छन् । उनले धुलिखेल नगरपालिकाको ३४औँ स्थापना दिवसलाई आज सम्बोधन गर्दै डिजिटल नेपालका लागि विकास र सेवाका क्षेत्रमा आधुनिक प्रविधि प्रयोग गर्ने नीति लिइएको जानकारी दिएका छन् ।
उनले भने, “डिजिटल नेपालका लागि विकास र सेवाका हरेक क्षेत्रमा आधुनिक प्रविधि कार्यान्वयन गर्दै अघि बढिरहेका छौँ, फोरजी सेवा पनि सबै जिल्लामा पुगिसक्यो । हरेक दिन हामी युगान्तकारी काम गरिरहेका छौँ, देश आधुनिकता, विकास, सामाजिक न्याय–समानता र समृद्धितर्फ अघि बढिरहेको छ ।”
प्रधानमन्त्री ओलीले सरकार महिला र पिछडिएका समयुदायको उत्थान, रोजगारी र युवालाई विदेशप्रति विकर्षणका कार्यक्रम ल्याइएको बताएका छन् । उनले भने, “अब हाम्रा प्रतिभा, श्रम–सामथ्र्य बाहिर नजाऊन् भन्नका लागि सीपयुक्त बनाएर दक्ष जनशक्तिमा परिणत गर्दैछौँ, शिक्षालाई जीवनसँग जोडेर जीवनयोपयोगी बनाउने प्राविधिक र ज्ञानमूलक शिक्षा नागरिकमा पु¥याउने काम गर्दैछौँ ।”
उनले हाल ८८ प्रतिशतभन्दा बढी जनतामा विद्युत् पहुँच पुगिसकेको उल्लेख गर्दै अबको दुई वर्षभित्र बाँकी १२ प्रतिशतलाई विद्युत् सेवा पु¥याइसक्ने र स्मार्ट मिटर जडान गरिसक्ने बताए । प्रधानमन्त्री ओलीले भक्तपुर–बनेपा–धुलिखेल सडकलाई चौडा पार्ने काम थालिने पनि जानकारी दिएका छन् । “हामी एक गाउँमा मात्रै हैन, सबै गाउँमा विकास गर्छौँ, अब हामी सुरुङ युगमा प्रवेश गर्दैछौँ, सुरुङ बनाउँदै जान्छौँ, बाटो चौडा गर्दै जान्छौँ”, उनले भने ।
उनले कोटेश्वरको जाम हटाउन ‘अण्डरग्राउण्ड रोड’ बनाइने जानकारी पनि दिएका छन् । प्रधानमन्त्री ओलीले काठमाडौँमा टेलिफोनका तार जमीनमुनिबाट पाइपबाट लैजाने कामको शुरुआत भएको उल्लेख गर्दै जमीनमा खनेर धुलो र खाल्डा बनाउनुपर्ने कामको अन्त्य भएको पनि बताएका छन् ।
“विकास भनेको पूँजीपतिले पैसा कमाउने मात्रै हैन, गर्भमा भएका भ्रुणदेखि जीवन बाँचुञ्जेज मसिनो रुपमा हेरविचार गरी मानिसप्रति उत्तरदायी हुने चरित्रको विकास गर्दैछौँ” उनले भने । सरकारले सडक बालबालिका र सडक मानव कहीँ पनि रहन नदिने बताउँदै हाल धेरै व्यवस्थापन गरिसकिएको उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले खान नपाएर मानिस भोकै मर्ने समस्या नहुने दोहो¥याएका छन् । उनले भने, “जनताको सरकारका बेला खानै नपाएर मर्ने ? त्यस्तो नेपालमा हुँदैन, जनताको सरकारले कसैलाई भोकै राख्दैन ।” शतप्रतिशत बालबालिका अब विद्यालय जान थालेकामा खुशी व्यक्त गर्दै उनले हाल विद्यालय छाड्ने बालबालिकको सङ्ख्या नगण्य रहेकाले त्यस सङ्ख्यालाई समाप्त पारिने बताए ।
प्रधानमन्त्री ओलीले एक सय वर्षदेखि दक्षिण एशियाको सबैभन्दा पहिलो बिजुली उत्पादन गर्ने नेपाल ५०० मेगावाटभन्दा कम उत्पादन गरेर बसेकामा दुई वर्षमा हजार मेगावाट नघाइएको बताए । “अर्को वर्षमा अर्को हजार मेगावाट बढाउँछौँ, अहिले अलिअलि विद्युत् निर्यात गर्दैछौँ, अर्को वर्षदेखि निर्यात बढाइँदै लगिन्छ”, उनले भने ।
प्रधानमन्त्री ओलीले काभ्रेपलाञ्चोक प्रतिभा जन्माउने जिल्लाका रुपमा क्रमशः प्रकट हुँदै गएको उल्लेख गर्दै धुलिखेलको विकासले आफू खुशी भएको बताएका छन्उ । उनले जिल्लाका तरकारी र फलफूललाई प्राङ्गारिक बनाउँदै आधुनिकीकरणको दिशातर्फ अघि बढाउन सुझाव दिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस