झापा – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको स्नेह, माया र ममताका कारण आफू चारपटक ‘अपरेसन’ गरेर पनि बाँचेर काम गर्न सफल भइरहेको बताएका छन् ।
गृहनगर झापाको दमकमा आयोजित कार्यक्रममा प्रम ओलीले जनताको शुभकामना र शुभेच्छाले यस देशलाई भ्रष्टाचार रोक्दै विकास र समृद्धिको बाटोमा अगाडि बढाउनका निम्ति आफू बाँचेको बताए ।
उनले आफू ४६ वर्षदेखि रोगसँग लडिरहेको उल्लेख गर्दै रोग, प्रतिक्रियावादी र जनविरोधीसँग लड्न डर नलाग्ने बताए ।
आफू बिरामी भए पनि आत्मविश्वास दह्रो भएकाले अझै केही वर्ष बाँचेर नेपाली जनताको हितमा काम गर्ने उनको भनाई थियो ।
“यस क्षेत्रका जनताप्रति कृतज्ञता र आभार व्यक्त गर्छु”, उनले भने, “तपाईंहरूकै कारण देश र जनताका निम्ति काम गर्न पाएँ, घरघरमा गएर बालबालिकालाई मेरो स्नेह सुनाइदिनोस् र ज्येष्ठ नागरिक, साथीभाइ सबैलाई मेरो नमस्कार सुनाइदिनोस् ।”
आफूले धेरै वर्षअघि दमक नगरपालिकामा चक्रपथ बनाउने सपना देखेको र आज पूरा भएको उनले बताए । उनले देशले विकासको बाटो लिएको बताउँदै आआफ्ना स्थानबाट आत्मविश्वास र उत्साहका साथ सबैलाई जुट्न आग्रह गरे ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस