काठमाण्डौ-प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद सापकोटाले संघीय संसद भवन परिसर निर्माण कार्यको अनुगमन गरेका छन।
सभामुख सापकोटाले आइतबार सिंहदरबारभित्र निर्माण भइरहेको संसद भवनको अनुगमन गरेका हुन्। सभामुख सापकोटाले आयोजना निर्माणको प्रगति देखेर आफु एकदमै खुसी भएको प्रतिक्रिया दिएका छन। निर्माण कार्य समयभन्दा अगाडी नै सम्पन्न गर्न पनि सभामुख सापकोटाले निर्देशन दिएका छन। निर्माण कार्य समयमै सम्पन्न गरे उच्च मुल्याङ्कन हुने र आफुले त्यसमा सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
अहिलेसम्म आयोजनाको निर्माणस्थल घेर्ने काम सकिएको छ। परिसरमा रहेका ३ सय ९० रुख मध्ये ३ सय रुख काट्ने काम पनि सम्पन्न भएको छ। यसैगरी १२ वटा ब्लक मध्ये ६ को लेआउट सम्पन्न भइ जगको कार्य सुरु गरिएको छ। निर्माण स्थलका लागि छुट्टै प्रवेश मार्ग खोलिएको छ भने निर्माण कार्यमा प्रयोग हुने सामग्रीहरुको ल्याव परिक्षणगरी प्रयोगशाला सञ्चालन गरिएको गरिएको छ। १७३ रोपनी ८ आनामा बनिरहेको नयाँ संसद भवन निर्माणका लागि करिब ६ अर्ब ९२ करोड लागत लाग्ने अनुमान गरिएको छ। तीन वर्षमा आयोजना निर्माण सम्पन्न गर्ने लग्य राखिएको छ।
नयाँ बन्ने संसद भवनमा ४ सय जना सांसद अट्ने प्रतिनिधिसभा हल, प्रतिनिधिसभा हलमै विभिन्न प्राविधिक कक्षहरु, सभामुख कक्ष, ३०० दर्शक,पत्रकार,आगन्तुक पाहुना अट्ने हल र सुरक्षा तथा मार्सल रुम अन्तर्गत २०० जना हटाउने कक्ष निर्माण हुने छ। त्यसैगरी १ सय जना सांसद अटाउने राष्ट्रियसभा हल, प्राविधिक कक्ष, राष्ट्रियसभा अध्यक्षको कक्ष, २ सय जना अट्ने बाल्कोनी र ३ सय जना अट्ने मार्सल हल निर्माण हुनेछ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस