काठमाठडौं-मादक पदार्थ सेवनका कारण उत्पन्न विकृति लामो समयदेखि समाजमा चिन्ताको विषय रहँदै आएको छ।
अनियन्त्रित मदिरा सेवन र किनबेचले यहाँका प्रशासनिक तथा सुरक्षा निकायको समेत टाउको दुखाउने गरेको छ । मदिरा नियन्त्रण यहाँको मुख्य चुनौती रहेको सुरक्षा निकायका अधिकारीहरू बताउँछन्। घरेलु मदिरा प्रतिबन्ध गर्ने अभियान सबै स्थानीय सरकारले चलाएको छ । गुणस्तरहीन मदिरामा अन्तःशुल्कको टिकटसमेत टाँसिएको हुँदैन । यस्ता मदिराले एकातिर सर्वसाधारणको स्वास्थ्यमा क्षति पु¥याइरहेको छ भने अर्कोतिर आर्थिक तथा सामाजिक अपराध बढाउन सहयोग गरेको स्थानीय बताउँछन् । गाउँ र बजारका मदिरा पसलहरूमा प्रतिबन्धित मदिरासमेत निर्वाध खरिद बिक्री भइरहेको गुनासो सुनिन्छ ।
महिला र बालबालिका पीडित
मदिरा सेवनबाट सिर्जित घरेलु हिंसा तथा अपराधमा बढीजसो महिला र बालबालिका प्रभावित भएका छन् । निर्वाचित जनप्रतिनिधि आएपछि घरेलु मदिरा नियन्त्रणका सकारात्मक प्रयासहरू भएका छन् तर सडकसँगै गाउँगाउँमा बजारु मदिरा पनि पुगेको छ । मुख्य गरी यस्ता मदिरा उपभोग गर्ने यहाँका पुरुषहरू हुन्छन् । परिवारका पुरुषले मदिरा खाए घरमा झगडा हुँदा महिला र बालबालिका सबैभन्दा प्रभावित हुने गरेको गैरसरकारी संस्था महासङ्घ बैतडीका अध्यक्ष गोविन्दराज जोशी बताउनुहुन्छ । बाजुरा बुढीगङ्गा नगरपालिकाकी सीमा (नाम परिवर्तन) को १५ वर्षको उमेरमै विवाह भयो । अहिले एक स्थानीय विद्यालयमा कक्षा १० मा अध्ययनरत सीमा आफू बाध्यताले बालविवाह गरेको बताउछन् ।
‘‘घरमा बुवा रक्सी खाएर सधैँ आमालाई कुटपिट गर्ने र सबैलाई गाली गर्ने भएकाले घर बस्नै मन लागेन अनि बिहे गरेँ,’’ उनको भनाइ छ । यो सुनाइरहँदा उहाँको आखामा आँसु छचल्कियो । श्रीमान् मजदुरी गर्न भारत गएकाले सासूको हेरविचार गरी सीमा गाउँमै बसिन।
उमेर नपुगी विवाह गर्न हुँदैन भन्ने थाहा हुँदाहुँदै जड्याहा बुवाको अत्याचारबाट मुक्त हुन आफूले राजीखुसीले विवाह गरेको उनले बताईन। गोरखापत्र दैनिकबाट
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस