काठमाडौं – कोरोना भाईरसको संक्रमण रहेको चीनमा रहेका नेपालीलाई लिन नेपाल एयरलायन्सको जहाज आज चीन जाँदै छ ।
कोरोनाको डरले स्वदेश आउन चाहेका एक सय ८५ नागरिक लिन विशेष तालिमप्राप्त टोली चीनको हुबेई प्रान्तको वुहान सहर जाँदै छ ।
नेपाल वायुसेवा निगमको ३३०–२०० सिरिजको २७४ सिटे वाइडबडी जहाज अपराह्न ३ बजे त्रिभुवन विमानस्थलबाट उड्ने तालिका रहेको छ ।
आन्तरिक व्यवस्थापकीय प्रयास थालेको १३ दिनपछि सरकारले उद्धार गर्न लागेको हो ।
साँझ ६ बजेर ४५ मिनेटमा वुहान पुग्ने र त्यसको दुई घन्टापछि नै काठमाडौं प्रस्थान गर्नेछ । नेपाली समयअनुसार आइतबार बिहान २ बजेर १५ मिनेटमा नेपाल आइपुग्नेछ ।
कोरोना भाइरस कोभिड १९ को प्रकोप रहेको चीनको बुहानबाट नेपालीहरुलाई नेपाल ल्याउन नेपालबाट १७ जनाको टोली चीन जानेछ ।
हुबेई प्रान्तका विभिन्न ठाउँमा रहेका नेपालीलाई वुहानमा जम्मा गर्ने प्रबन्ध मिलाइसकेको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ ।
वुहानदेखि काठमाडौंसम्मको उडान अवधिमा चालक दलका सदस्य र स्वास्थ्यकर्मीले दिएको निर्देशन, सल्लाह र सुझाबको पूर्ण पालना गर्न स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ ।
क्वारेन्टाइनमा लगभग लगभग ६० कोठा व्यवस्थापन गरिएको छ । उचित दूरीको फरकमा एकदेखि तीनजनासम्म राख्ने गरी व्यवस्था गरिएको छ । ६ जनाले एउटा शौचालय प्रयोग गर्नुपर्नेछ । सबैको दिनमा दुईपटकसम्म तामक्रम जाँच हुनेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस