काठमाडौं – चीनको वुहान सहरमा कोरोना भाइरस संक्रमणको जोखिममा रहेका नेपालीलाई स्वदेश फर्काउन आनाकानी गर्दै आएको सरकारले चिनियाँ पर्यटक भने दिनहुँ निर्बाध भित्र्याइरहेको छ ।
अन्नपूर्णपोष्ट दैनिकले लेखेका खबर अनुसार, कोरोना भाइरस संक्रमणलगत्तै अमेरिका, क्यानडा, अस्ट्रेलिया र युरोपका अधिकांश मुलुकले चीनबाट सीधै प्रवेश गर्ने यात्रुलाई रोक लगाएका छन् । कतिपयले चीनमा निर्मित सामान आयातमै प्रतिबन्ध लगाएका छन् । चीन स्वयंले पनि प्रभावित प्रान्त हुपईमा आफ्नै नागरिक आवागमनमा रोक लगाएको छ । अन्य सहरमा पनि घरबाहिर ननिस्कन, हूलमूल नगर्न र मिलेसम्मका काम घरबाटै गर्न प्रोत्साहन गर्दै आएको छ ।
चीनका विभिन्न सहरबाट नेपालमा सातामा सय हाराहारीमा पर्यटक आउने गरेको विमान कम्पनीका सञ्चालकहरूले जनाएका छन् । कोरोना भाइरस संक्रमणका कारण नेपाल आउने चिनियाँ पर्यटकको संख्या ह्वात्तै घटे पनि आउने क्रम रोकिएको छैन ।
अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले चिनियाँ पर्यटक आइरहेको बताए । उनले भने, ‘पर्यटक आइरहेका छन् । यकिन संख्या थाहा छैन ।’
उनका अनुसार भाइरस संक्रमणले बढी प्रभावित वुहानबाट नेपाल आउन चीनले नै दिएको छैन ।
पिपुल्स हेल्थ मुभमेन्टका संयोेजक एवं जनस्वास्थ्यविद् डा। शरद वन्त चीनबाट आइरहेका पर्यटकको पर्याप्त स्वास्थ्य परीक्षण गर्नुपर्ने बताउँछन् । उनले भने, ‘हामीसँग पर्याप्त उपकरण छन् । परीक्षण हुन्छ भने चिनियाँ पर्यटक आवागमन रोक्नु पर्दैन, अन्यथा सोच्नुपर्ने हुन्छ ।’
सरकारले नेपाली विद्यार्थीलाई उद्धारमा अनिर्णयको बन्दी हुन नहुने डा। वन्तको भनाइ छ । ‘चीनमा रहेका विद्यार्थी साँच्चिकै अप्ठेरोमा छन् भने उद्धारमा ढिलाइ गर्नु हुँदैन । राज्य अभिभावक हो । जतिसक्दो छिटो उद्धार गर्नु उसको दायित्व हो’, उनले भने ।
चीनका विभिन्न सहरमा उडान भरिरहेका चिनियाँ एवं नेपाली विमान कम्पनीले पर्यटक ओसारिरहेका छन् । चाइना स्टर्नको साताको ११ मध्ये दुईवटा उडानबाट पर्यटक नेपाल आइरहेका छन् । त्यस्तै चाइना साउदर्नको साताको १४ वटा उडानमध्ये २ वटाबाट पर्यटक भित्रिरहेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णका अनुसार यात्रु संख्यामा कमी आएकाले उडान प्रभावित भएको छ । तिब्बती एयरलाइन्स, सिचुवान एयरलाइन्स, चाइना स्टर्न, चाइना साउदर्न, एयर चाइना र हिमालय एयरलाइन्सले उडान कटौती गरेको विमानस्थलका प्रवक्ता कर्णले जानकारी दिए । उनले भने, ‘पर्यटकबिनाको रित्तो उडान गर्नु भएन । यात्रु पाएका बेला उडान हुन्छ ।’
सामान्य रुघाखोकी र ज्वरो आएका दुई चिनियाँ नागरिक उपचार गराउनुपर्ने भएपछि फरार भएको दुई साता बित्दासमेत अत्तोपत्तो छैन ।
चीन हुँदै नेपाल आएका साउदी अरबका नागरिक पनि जँचाउनुपर्ने भएपछि फरार छन् । कोरोना भाइरस ९कोभिड १९० को आशंका गरिएका व्यक्तिहरू निगरानीमा राख्ने जानकारी पाएपछि बेपत्ता हुने क्रम बढेको छ ।
विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० ले कोरोना भाइरसकै कारण अन्तर्राष्ट्रिय आवागमन एवं व्यापारमा कुनै अंकुश लगाउनुपर्ने अवस्था नआएको जनाएको छ । संगठन प्रमुख टेड्रोस एडहानोम गेहब्रेयससले संक्रमण भने जुनसुकै दिशामा जान सक्ने बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस