काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका सांसद महेश बस्नेतले नेपालमा स्थिर सरकार निर्माण भएसँगै मुलुकले काँचुली फेर्न थालेको दाबी गरेका छन् ।
उनले आगामी दिनमा विकास र समृद्धिको झिल्को नभई ज्वाला हुने बताए ।
गैरआवसीय नेपाली संघ अष्ट्रेलियाले अष्ट्रेलियामा गरेको कार्यक्रममा उनले नेपालको आशा र सम्भावनाहरुको दियो बल्दै गएको बताए ।
आउदो वर्ष अविकसित मुलुकबाट अल्पविकसित मुलुकको रुपमा नेपाललाई घोषणा गर्ने सरकारको तयारी रहेको बस्नेतको भनाई छ ।
विकसित मुलुकमा रहेको सूचना, प्रविधि र ज्ञानलाई नेपालमा प्रयोग गर्नुपर्नेमा जोड दिँदै उनले समानता र अधिकारको बहानामा हुने आन्दोलन समाप्त भएकोले अबको यात्रा समृद्ध नेपालः सुखी नेपाली निर्माण गर्नु रहेको बताए ।
स्वदेशी तथा विदेशी कम्पनीहरुले दर्ता गरेर खोला तथा खानी जति झोलामा पुर्याइसकेको बताउँदै उनले अब कुनै पनि झोलामा रहेको खोला तथा खानीलाई लगानी मैत्री उद्योग, कलकारखाना तथा आर्थिक वृद्धि उच्च बनाउने आधारको रुपमा स्थापीत गर्नुपर्ने बताए ।
नेपालको आर्थिक वृद्धिदर दक्षिण एसियामा बंगलादेश पछिको दोस्रो रहेको भन्दै उनले नेपालमा आयात घटेको साथै निर्यात बढेको बताए ।
कार्यक्रममा प्रतिनिधिसभा महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले नेपालीहरुले आफ्नै देशमा पसिना बगाएर भविष्य निर्धाणर गर्ने वातावरण सिर्जना हुँदै गएकाले विदेशमा सिकेको सीप नेपालमा लगानी गर्नुपर्ने बताईन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस