काठमाडौं – लप्सीफेदीको जंगल सामुदायिक वन हुँदा अमेरिकी नागरिकले लिजमा लिएका थिए, सो जंगल ०७३ मा शिवपुरी राष्ट्रिय निकुञ्जमा समेटियो, निकुञ्जको जग्गा व्यावसायिक प्रयोजनमा दिन मिल्दैन, तर वर्तमान सरकार बनेको चार महिनाभित्रै असार ०७५ मा जंगल यतीको पकडमा गएको छ ।
शिवपुरी राष्ट्रिय निकुञ्जको दुई सय १६ रोपनी जग्गा पनि यती समूहले कौडीको भाउमा कब्जा गरेको खुलेको छ । राष्ट्रिय निकुञ्जको जग्गा कुनै पनि व्यापारिक प्रयोजनलाई दिन नमिल्ने कानुनी व्यवस्थाविपरीत सो जग्गा यती वल्र्ड इन्भेस्टमेन्ट प्रालिले लिजमा लिएको छ ।
तत्कालीन लप्सीफेदी गाविसमा पर्ने जंगल सामुदायिक वन भएकाले सरकारले २० वर्षअगाडि अमेरिकी नागरिक जेफ्री एस क्रेन र जे एन्ड्रयु क्रेनको स्वामित्वमा रहेको नेपाल वाइल्डलाइफ डेभलपमेन्ट कम्पनी प्रालिलाई लिजमा दिएको थियो । सो कम्पनीले सामुदायिक वनमा रूख हुर्काउने, बाघ पाल्ने र इको–टुरिजम प्रवद्र्धन गर्ने प्रतिबद्धतासहित ५ भदौ ०५७ मा सरकारसँग सम्झौता गरेको थियो ।
दुई सय १६ रोपनी जग्गाको भाडा वार्षिक जम्मा ६ हजार ६ सय तोकिएको थियो र हरेक वर्ष १० प्रतिशतले वृद्धि हुने सम्झौता थियो । यो हिसाबले सो कम्पनीले ०५८ मा सात हजार दुई सय ६०, ०६० मा १५ हजार पाँच सय ६२ र ०६९ मा २० हजार सात सय १३ रुपैयाँ भाडा तिरेको थियो । ‘सरकारले पाउने रकम यत्ति नै हो,’ तत्कालीन गाविस अध्यक्ष रत्न लामाले नयाँ पत्रिकाले भने, ‘हाम्रो सामुदायिक वन भएकाले गाविसलाई वार्षिक एक लाख रुपैयाँ दिने सहमति भएको थियो र केही वर्ष पैसा पनि दिएको हो, पछि दिएको छैन ।’
चैत ०७३ मा सो सामुदायिक वन शिवपुरी राष्ट्रिय निकुञ्जमा समेटियो । निकुञ्जको जग्गा व्यावसायिक प्रयोजनमा निजी क्षेत्रलाई दिन नमिल्ने कानुन भएकाले कम्पनीले सरकारसँगको पुरानो सम्झौता जोगाउन अप्ठ्यारो भयो । त्यही वेला वर्तमान सरकार गठन भयो । यो सरकार गठन भएको चार महिनाभित्रै असार ०७५ मा अमेरिकी नागरिकले सो कम्पनी यतीलाई जिम्मा लगाए । र, निकुञ्जको जग्गा यतीको पकडमा पुग्यो ।
निकुञ्ज र संरक्षण क्षेत्रको जग्गा सीधै निजी क्षेत्रलाई लिजमा दिन नसकिने भएकाले पाथीभराको जग्गा यतीलाई दिन पनि सरकारले घुमाउरो बाटो अपनाएको थियो । पाथीभराको जग्गा कञ्चनजंघा संरक्षण क्षेत्र भएकाले यतीलाई दिन गाह्रो थियो । त्यसैले सरकारले सो जग्गालाई संरक्षण क्षेत्रबाट पाथीभरा क्षेत्र विकास समितिमातहत लगिएको थियो । समितिको समेत सहभागितामा नगरपालिकाले निर्णय गरेर पाथीभराको जग्गा यतीलाई दिइएको थियो । तर, शिवपुरीको जग्गा भने निकुञ्जकै हुँदा पनि यतीले लगेको छ ।
शिवपुरीको जग्गा भाडामा लिएको नेपाल वाइल्ड लाइफ डेभलपमेन्ट कम्पनी प्रालिको ९७।५ प्रतिशत सेयर यती वल्र्ड इन्भेस्टमेन्ट प्रालिले खरिद गरेको छ । पहिलो चरणमा कम्पनीले ४० वर्ष जग्गा उपभोग गर्न पाउने र थप ४० वर्षलाई पुनः नवीकरण गरिदिने गरी सम्झौता भएको थियो । त्यसैले अभैm ६० वर्ष जग्गा उपभोग गर्न पाउने भएकाले यती समूहले सो कम्पनी किनेको हो ।
सत्तामा पकड नहुने हो भने निकुञ्जको यो जग्गामा यती वा कुनै कम्पनीको पकड हुन सक्दैन । तर, यती समूह बलियो भएकाले दुई सय १६ रोपनी जग्गा नगण्य भाडामा पाएको छ । ‘६ हजार ६ सयबाट वार्षिक भाडा १० प्रतिशत बढ्दै २० वर्षमा ४० हजार तीन सय ६४ रुपैयाँ पुगेको छ,’ काठमाडौं जिल्ला वन डिभिजनका प्रमुख बद्री कार्कीले भने, ‘सम्झौताअनुसारको पैसा कम्पनीले तिरिरहेको छ । तर, सामुदायिक वनको जग्गा निकुञ्जमा गएकाले अब के गर्ने भन्ने विषयमा हामीले अध्ययन सुरु गरेका छौँ ।’
नेपाल वाइल्डलाइफ डेभलपमेन्ट कम्पनीको स्वामित्व यती वल्र्ड इन्भेस्टमेन्टमा आएको २० महिनासम्म पनि उसले जानकारी गराउनुपर्ने कुनै निकायमा विवरण दिएको छैन । प्रतिसेयर एक हजार रुपैयाँका दरले १५ करोड ६० लाख रुपैयाँमा यती वल्र्ड इन्भेस्टमेन्ट प्रालिले कम्पनीको एक लाख ५६ हजार कित्ता सेयर १८ असार २०७५ मा खरिद गरेको हो ।
कम्पनीमा पुराना सेयरधनी जेफ्री एस क्रेन र जे एन्ड्रयू क्रेनको समेत २–२ हजार सेयर छ, जसको कुल मूल्य ४० लाख रुपैयाँ हुन्छ । कम्पनीमा यती वल्र्ड इन्भेस्टमेन्टका तर्फबाट ल्हाक्पा सोनाम शेर्पा, आङछिरिङ शेर्पा र उमेश पनेरू सञ्चालक छन् । तर, कम्पनीले वडा नगरपालिका कार्यालय, वन विभाग तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा यससम्बन्धी कुनै विवरण उपलब्ध गराएको छैन । यती समूहले सो जग्गा लिएको भन्ने अनौपचारिक जानकारी आएको एक वर्ष भइसके पनि हालसम्म नगरपालिकालाई कुनै जानकारी नदिएको शंकरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठले बताए । नयाँपत्रिका दैनिकबाट
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस