काठमाडौं – सोमबार ललितपुरको सानेपामा पूर्वसचिव अर्जुनकुमार कार्कीकी श्रीमती मुना कार्कीको हत्या भएको छ । सिसी टिभी फुटेजका आधारमा हत्यामा उनकै निवासका कामदार दाङ स्थायी घर भएका विजय चौधरीको संम्लग्नता देखिएको छ ।
विजय छ बर्षदेखि सोही घरमा काम गर्दै थिए तर सोमबार किन एक्कासि मालिक्नीको हत्या गरेर आत्महत्या गरे त्यसको पछाडि प्रहरी लागेको छ । अनुसन्धानमा खटिएका डिएसपी सन्तोष तामाङले विजय चौधरी र मुना कार्कीबीच सुमधुर सम्बन्ध रहे पनि सोमबार के कारणले हत्या गर्यो भनेर खोजीमा लागेको बताउनुभयो ।
मुनाको हत्यापछि विजय आफैले आत्महत्या गरेसँगै के कारणले मुनाको हत्या भएको हो त्यसको अनुशन्धानमा प्रहरी जुटेको छ ।
गोरखापत्र दैनिकले लेखेको खबर अनुसार, २०७५ भदौ ४ गते फ्रान्सका लागि नेपालका पूर्व राजदूत केशव झाको हत्यामा उनकै घरमा कामदार सानुकान्छा तामाङको संम्लग्नता देखियो ।
२०७४ साउन १२ गते काठमाडौं जिल्ला बुढानिलकण्ठ नपामा छोरीको घरमा आउनुभएकी ५५ बर्षिया पार्वती ढकालको हत्या समेत एक साता उनीहरुको घरमा घरेलु कामदारको रुपमा रहेका सुदामा लामिछानेले गरेका थिए । घरमा रहेको सुन र पैसा लिन लामिछानेले पार्वती ढकाललाई हम्बरले टाउकोमा हानेर हत्या भएको थियो ।
पूर्व राजदुत झा ,पूर्वसचिव कार्कीको पत्नी मुना र पार्वती ढकाल मात्रै हैनन् पछिल्लो समय विशिष्ट व्यक्तिहरू र उनीहरुकै घरमा काम गर्ने कामदारबीचको सम्बन्धमा सन्तुलन बिग्रन थालेको उदाहरण सार्वजनिक भएका छन् ।
महानगरीय अपराध महाशाखा टेकूका प्रमु्ख एसएसपी सहकुल थापाले घरेलु कामदारसँगको विवाद पछिल्लो समय बढ्दोक्रममा रहेको बताउछन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस