काठमाण्डौ-नेपालमा पहिलो पटक ‘नेटवर्क आर्क ब्रिज’ प्रविधिबाट निर्माण भएको पुल अन्तिम तयारीको काम अघि चलिरहेको छ। पुल निर्माण सकिएसँगै त्यससँग जोडिएका थप काम सडक कालोपत्र गर्ने, पुलमा रङ्गरोगन र बत्ती जडानको काम गरिनेछ।
निर्माण व्यवसायीले केही समयमै रङ्गरोगन र सडक कालोपत्र गर्ने काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाका इञ्जिनीयर विश्वविजयलाल श्रेष्ठले बताए । सडकमा राखिने बत्ती डिजाइनमा उल्लेख भएभन्दा फरक राख्नका लागि छलफल भइरहेको छ।’अन्तिम काम सकिएपछि अबको केही समयमै पुल सञ्चालनमा आउनेछ।’ इञ्जिनीयर श्रेष्ठले भने।
एउटै ठेक्का मार्फत मुख्य लेनको दायाँबायाँ पुल निर्माण भइरहेकामा अघिल्लो वर्ष नै सम्पन्न भएर एउटा सञ्चालनमा आएको छ। एउटै समयमा र उस्तै डिजाइनमा निर्माण गर्ने भनिएको तीनकुनेस्थित वाग्मती पुलको काम भने अघि बढेको छैन।
बिजुलीबजार पुल निर्माणका लागि वि सं २०७१ पुसमा जेई कन्स्ट्रक्सन प्रालिले पुल निर्माणको जिम्मेवारी लिएको थियो। तीन वर्षमा सक्ने गरी पहिलोपटक ठेक्का सम्झौता भएको थियो। तोकिएको अवधिमा सम्पन्न नभए पनि पुल निर्माणमा सोही ठेकेदारलाई म्याद थप गर्दा काम सम्पन्न हुने भन्दै आयोजनाको सिफारिसमा सरकारले पुसम्मका लागि एक वर्ष अवधि थपेको हो। सो पुलको चौडाइ १२ मिटर र लम्बाइ ५१ दशमलव ४५ मिटर छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस