काठमाडौं – चीनको हुबे प्रान्तमा रहेका नेपालीहहरूलाई फिर्ता ल्याउन अझै केही दिन लाग्ने भएको छ ।
बुधवारसम्म उनीहरुलाई राख्ने व्यवस्था मिलाइ सक्ने र त्यस लगतै मध्य चीनको वुहान र वरपरका नगरमा रहेका नेपालीहरूलाई नेपाल ल्याइने सरकारी अधिकारीहरुले बताएका छन् ।
राष्ट्रिय मानव अधिकार आयोगले चीनको हुबेमा रहेका नेपालीहरुलाई तत्काल फर्काउन सरकारलाई निर्देशन दिईसकेको छ । चीन स्थित नेपाली दूतावासका अधिकारीले आफूहरू अझै नेपाल सरकारको निर्णयको पर्खाइमा रहेको बताएका छन्।
चार दिनअघि प्रधानमन्त्री केपी ओलीले कोरोनाभाइरसको सङ्क्रमण सुरु भएको चीनको हुबे प्रान्तको वुहान नगर र वरपर रहेका नेपालीहरूलाई फर्काउने व्यवस्था मिलाउन निर्देशन दिएका थिए। तर, त्यसो हुन भने सकेको छैन ।
चीनमा रहेकाहरुको परिवारका सदस्यहरु सरकारका विभिन्न निकायमा पुगेर हारगुहार गरिरहेका छन् ।
हुबे प्रान्तमा रहेका नेपालीहरूलाई फर्काउने विषयमा लगातार सरकारका उच्च अधिकारीहरूबीच बैठक भइरहेका छन्। तर उनीहरूलाई ल्याएर छुट्टै स्थानमा राख्नुपर्ने र त्यसको व्यवस्थापनको काम भइरहेको अधिकारीहरू बताउँछन्।
हुबेमा १८६ जनाको संख्या रहेका नेपालीलाई चिकित्सकीय निगरानीमा अलग्गै राख्नका लागि भइरहेका काम बुधवार सम्ममा सकिने सरकारले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस