काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) द्वारा अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसिसी) बारे सुझाव दिन गठित कार्यदलले आवश्यक सामग्री जुटाएर प्राप्त कार्यादेशका आधारमा अध्ययन कार्य अघि बढाएको छ ।
सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा आज साँझ बसेको कार्यदल बैठकले दिएको कार्यादेशका आधारमा अध्ययन गर्ने, सामग्री जुटाउने र विश्लेषणको प्रक्रिया थालनी गरेको बैठकपछि कार्यदलका संयोजक एवं पार्टीका वरिष्ठ नेता झलनाथ खनालले सञ्चारकर्मीलाई जानकारी दिएका छन् । उनले भने, “हामीहरु कुनै आवेग वा आक्रोश, सेन्टिमेन्ट आदिका आधारमा अघि बढ्दैनाँै, हामी तथ्यका आधारमा सत्य पत्ता लगाउने प्रक्रियामार्फत अघि बढ्छौँ ।
कार्यदेशअनुसार १० दिनभित्र सक्ने अपेक्षा रहेको बताउँदै संयोजक खनालले त्यो समयसीमाभित्र सकिएन भने पार्टीसँग कुरा गर्छाैं भनेका छन्। एमसिसी परियोजनाअन्तर्गत अमेरिकाले नेपाललाई विद्युत् र सडकका लागि रु ५६ अर्ब सहयोग उपलब्ध गराउनेछ । पाँच वर्षको अवधिमा रकम खर्च गर्नुपर्ने एमसिसीलाई सङ्घीय संसद्ले अनुमोदन गर्नुपर्नेछ ।
नेकपाको केही दिनअघि सम्पन्न केन्द्रीय कमिटीको बैठकले एमसिसी सम्झौताका सम्बन्धमा विभिन्न कोणबाट उठेका प्रश्न र एमसिसीलाई कसरी राष्ट्रहित अनुकूल बनाउने भन्ने सन्दर्भमा अध्ययन गरी सुझाव पेश गर्न तीन सदस्यीय कार्यदल गठन गरेको थियो । उक्त कार्यदलमा नेता भीमबहादुर रावल र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली हुनुहुन्छ । उक्त कार्यदलको पहिलो बैठक यही माघ २० गते बसको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस