भक्तपुर- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले अबको वीस वर्षसम्ममा नेपालको सवैभन्दा विकसित जिल्लाको रुपमा भक्तपुरको पहिचान हुने बताउँदै नेपालको ‘अमेरिका र चीन’ हेर्न कहिँ कतैबाट कोही आन्तरिक तथा बाह्य व्यक्तिको केन्द्रविन्दु भक्तपुर हुने दावी गरेका छन ।
सूर्यविनायक नगरपालिकाको आयोजनामा भएको नयाँ शहर आयोजनाको विस्तृत परियोजना प्रस्ताव सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले अबको वीस वर्षपछि अनेकौं विभिन्न बहानामा कुनै पनि जनप्रतिनिधिले छुट नपाउने अवस्था आउने बताए ।
उनले भने, ‘अबको वीस वर्षसम्ममा नेपालको विकसित जिल्लाको रुपमा भक्तपुरको पहिचना स्थापीत हुन्छ । नेपालको ‘अमेरिका र चीन’को रुपमा हेर्न कोही आउँछ भने त्यो भक्तपुरमा हुन्छ । त्यसैले वर्तमान समयमा जनप्रतिनिधिले एक ढिक्का भई काम नगरेमा दश÷वीस वर्षपछि यो वा त्यो बहानामा उक्त समयका जनताले छुट दिने छैनन् । वर्तमानलाई आधार बनाई दिर्घकालिन योजनाका साथ अघि बढ्नुपर्छ । अहिले एक दुई सय घर भत्कीएला तर वीस वर्षपछि उक्त काम गरे हजारौं घर भत्कनेछन् । जसबाट जनप्रतिनिधिलाई जनताले छुट दिने छैनन् ।’
वर्तमान निर्वाचित जनप्रतिनिधि तीन वटै तहसँग पहुँचमा रहेको उल्लेख गर्दै उनले सहजिकरण गर्ने पंती नै बाधा हाल्न जाने अवस्था नहोस् भन्नको लागि अहिले नै योजनावद्ध रुपमा लाग्न जरुरी रहेको औंल्याए । वर्तमान केही जनप्रतिनिधिद्वारा वर्तमानलाई सम्बोधन गर्ने बहानामा भविष्यमाथि गम्भिर प्रहार भइरहेको बताउँदै उनले भने , ‘वर्तमानलाई हेर्दा दुई चार जनाले उपहार देलान तर भविष्यलाई अकल्पनीय क्षती पुर्याइरहेको हुन्छ । त्यसलाई विशेष ध्यान जान जरुरी छ ।’
कडाई र दृढताका साथ नयाँ शहर निर्माणलाई साथ दिँदै अन्तर्राष्ट्रिय स्तरको बनाउनुपर्नेमा जोड दिँदै उनले जनप्रतिनिधि एक ढिक्का भई लागे चार वर्ष नभई दुई वर्षमा नै निर्माण सम्पन्न गर्न सकिने धारणा व्यक्त गरे । भक्तपुरमा निर्माण गरिने उक्त शहरको लागि कतार, चाइनालगायतले समेत विशेष चासो दिएको जानकारी गराउँदै उनले भने , ‘अप्ठ्यारो भए सेयर गर्नुस्, समस्या समाधान हुन्छ । तत्काल काम अघि बढाउनुस् । त्यसको लागि जस्तोसुकै सहयोग गर्न तयार छु ।’
बालकोटमा आवश्यक पर्ने ठूला ठूला योजना तथा विकास निर्माण सम्पन्न हुने तयारीमा रहेको उल्लेख गर्दै आगामी दिनमा साना योजना तथा बजेट मात्र बालकोटमा माग हुने समेत बताए । भक्तपुरको विकास गर्दा कोही कसैलाई विनास तथा सुकुम्बासी हुन नपर्ने तर्क प्रस्तुत गर्दै उनले हरेक समस्याको समाधान नै ल्याण्ड पुलिङ भएको बताए । उनले ल्याण्ड पुलिङको माध्यमबाट सवै जनतालाई जग्गा उपलब्ध हुने स्पष्ट पारे ।
जसले एक दुई दर्जन व्यक्ति बोकेर जिन्दावाद, मुर्दावाद भन्छ उसलाई इतिहासले सराप्ने बताउँदै उनले भने ‘बालकोटमा इतिहासकै सवैभन्दा बढी बजेको व्यवस्थापन गरेकाले क्षेत्र विकास कोष (सांसद कोष)को रकम उक्त ठाउँमा प्रयोग नगरी अन्य ठाउँमा प्रयोग गर्ने योजना बनाएको हो । जति फेसबुकमा आलेचना गरे पनि हुन्छ । आलोचकले बजेटको विस्तृत विवरण हेरे हुन्छ । कहाँ कति बजेट व्यवस्थापन भएको छ भनि ।’
भक्तपुरमा निर्माणको प्रकृयामा रहेका राष्ट्रिय गौरवका आयोजनाले आम भक्तपुर वासीको भाग्य र भाविष्य निर्धारण हुने उल्लेख गर्दै उनले पुल, सडक, ढल, खानेपानी, हनुमन्ते करिडोर, अन्तराष्ट्रिय रंगशाला, प्राणी उद्यान, आधुनिक सभागृह, आधुनीक वीर अस्पताललगायतका विकासहरु कसैले विरोध गरेर नरोकिने समेत पुनः उद्घोष गरे ।
एकिकृत सरकारी कार्यालय अन्तरगत सात वटा सरकारी कार्यालय बनाउने कार्य समेत अघि बढिरहेको बताउँदै उनले भने , ‘भक्तपुरमा कुनै पनि विकास हुन्छ–हुन्छ, विकासको विरोधीको नाम इतिहासमा कालो अक्षरले लेखिन्छ । जनप्रतिनिधि तथा सम्बन्धीत निकायले काम गर्नुस्, चुनावको चिन्ता नलिनुस्, दुई वर्षमा यो शहर निर्माण गरेर संसारलाई देखाइदिउँ की नेपालीले काम कसरी गर्छन भनेर ।’
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस