काठमाडौं – सरकारले चीनको हुबेई प्रान्तका ६ सहरमा रहेका नेपालीलाई स्वदेश ल्याइएपछि अलग्गै (क्वारेन्टाइन) राख्न सुरक्षित स्थानको खोजी थालेको छ । स्वदेश फर्काइएका नेपालीलाई १४ दिन क्वारेन्टाइनमा राखिनेछ । स्वास्थ्य मन्त्रालयको समन्वयमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले ठाउँ खोजिरहेका छन् । सेनालाई ५० बेडसम्मको आइसोलेसन वार्ड बनाउन जिम्मा दिने सरकारको तयारी छ ।
नयाँपत्रिका दैनिकले लेखेको खबर अनुसार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा। दीपेन्द्ररमण सिंहको नेतृत्वमा आइतबार सबै सुरक्षा निकायका चिकित्सकहरूको टोलीले वैकल्पिक स्थानको अवलोकन गरेको थियो ।
सुरक्षा निकायका तालिम केन्द्र तथा अस्पतालमा एक सय ८० जना राख्ने क्षमता नभएपछि बेग्लै थप आइसोलेसन वार्ड बनाउने जिम्मा सेनालाई दिन लागिएको हो ।
स्वास्थ्य मन्त्रालयको समन्वयमा भएको बैठकमा सेनालाई यसको विस्तृत योजना सोमबार पेस गर्न भनिएको छ । ‘सैनिक स्वास्थ्य महानिर्देशनालयले सोमबारको बैठकमा ५० बेडसम्मको आइसोलेसन वार्ड बनाउने विस्तृत योजना पेस गर्दै छ,’ सैनिक प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेले नयाँ पत्रिकासँग भने, ‘अहिले हामीसँग उपलब्ध स्थान पर्याप्त छैनन् भन्ने जानकारी सम्बद्ध निकायमा गराइसकेका छौँ । सोमबार सम्भवतः यसबारे निष्कर्षमा पुगिएला ।’
आइतबार प्रधानसेनापति पूर्णचन्द्र थापा, सैनिक स्वास्थ्य महानिर्देशनालयका प्रमुख उपरथी डा। सुनीलकुमार सिंह, मुख्यसचिव लोकदर्शन रेग्मीसहित सरोकारवालाबीच यसबारे छलफल भएको थियो । डा। सिंहले सोमबार नयाँ आइसोलेसन वार्ड बनाउने विषयमा विस्तृत प्रस्तुतीकरण गरेपछि मन्त्रिपरिषद्बाट निर्णय गराउने सरकारी तयारी छ ।
सैनिक प्रवक्ता पाण्डेले भने, ‘सरकारले निर्णय गरेर जिम्मेवारी दिएपछि हामी यथाशीघ्र आइसोलेसन वार्ड निर्माण गर्नेछौँ ।’ सेनाले आइसोलेसन वार्ड बनाउन आवश्यक मेडिकल सामग्री, बजेट र समयका विषयमा विस्तृत प्रस्ताव पेस गर्नेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस