काठमाडौं _ सत्तारूढ नेकपाले पार्टी नेताहरूको सम्पत्ति छानबिन गर्ने भएको छ। त्यसका लागि केन्द्रीय अनुशासन आयोगलाई अधिकार दिने निर्णय गरेको छ। यसअघि पनि पटक(पटक आन्तरिक रूपमा सम्पत्ति छानबिनका निर्णय नभएका होइनन्। तर, न कसैलाई कारबाही गरिन्थ्यो, न प्रतिवेदन नै सार्वजनिक गरिन्थ्यो।
त्यस्तै नेकपाले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० सम्बन्धी विवाद टुंगो लगाउन शक्तिशाली अध्ययन कार्यदल गठन गरेको छ। कार्यदलले यस सम्बन्धमा अध्ययन गरी सचिवालयलाई १५ दिनभित्र प्रतिवेदन दिनेछ। कार्यदलको सिफारिसका आधारमा निर्णय लिइने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।
वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको संयोजकत्वको कार्यदलमा भीम रावल र परराष्ट्रमन्त्रीसमेत रहेका प्रदीप ज्ञवाली सदस्य छन्। कार्यदललाई सुझावसहितको प्रतिवेदन केन्द्रीय सचिवालयमा पेस गर्ने जिम्मेवारी तोकिएको छ।
काठमाडौंमा पाँच दिन बसेर आइतबार सकिएको बैठकमा नेताहरूले एमसीसीबारे तीन किसिमका धारणा राखेका थिए। त्यसमा यो पारित गर्न नहुने, जसरी पनि पारित गर्नेपर्ने र त्यसको अध्ययन गर्न कार्यदल बनाई केही बुँदा परिमार्जन गरेर मात्र पारित गरेर जानुपर्ने थिए।
केन्द्रीय समिति बैठकअगाडि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले यस सम्बन्धमा पार्टी नेताहरू रहेको अध्ययन कार्यदल बनाउने मध्यमार्गी निर्णय लिएको थियो। ‘केन्द्रीय सदस्यहरूले उठाएका सुझावलाई सम्मान गर्न पर्छ भनेर सचिवालयमा विज्ञले सल्लाह लिने कुरा जतिबेला पनि लिन सकिन्छ। बरु पार्टीकै एउटा टिमले छोटो अवधि अध्ययन गर्ने र एउटा निर्णयमा पुग्ने भन्ने गरी छलफल गरेर निर्णयमा पुग्यौं र हामीले अहिले तीन सदस्यीय कार्यदल बनाउने, त्यसले १० दिनभित्र सुझाव प्रस्तुत गर्ने र त्यही सुझावअनुसार अगाडि बढ्ने निर्णयमा पुगेका छौं’, अध्यक्ष पुष्पकमल दाहालले आइतबार बैठकमा प्रस्ताव गरेका थिए।
अन्नपूर्ण पोष्ट दैनिकले लेखेको खबर अनुसार, दाहालले सचिवालयका तर्फबाट केन्द्रीय समितिमा गरेको कार्यदल गठन प्रस्ताव केन्द्रीय समितिले अनुमोदन गरेको थियो। नेकपाले अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र दाहालले संयुक्त रूपमा पेस गरेको राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलद्वारा प्रस्तुत संगठनात्मक र विधान संशोधन प्रस्ताव परिमार्जनसहित सर्वसम्मत पारित गरेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस