काठमाण्डौ-सुदूरपश्चिम प्रदेशसभाको आज दिउँसो १ बजे बस्ने भनिएको बैठक सूचना टाँस गरी स्थगन गरिएको छ।
प्रदेशसभा सचिवालयलमा दर्ता भएको ‘एफएम, रेडियो र टेलिभिजन प्रसारणका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ मा संशोधन प्रस्तावका विषयमा आन्तरिक मामिला तथा कानूनमन्त्रीको उपस्थितिमा छलफल गर्नुपर्ने देखिएकाले आजको बैठक स्थगन गरिएको छ।
नेकपाका केन्द्रीय सदस्य रहेका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाह भने सो पार्टीको बैठकमा सहभागी हुन केही दिनदेखि काठमाडौँ छन्।
प्रदेशसभामा सरकारले टेबुल गरेको एफएम, रेडियो र टेलिभिजन प्रसारणका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि प्रदेशसभा सदस्य भरतबहादुर खड्काले संशोधन प्रस्ताव सचिवालयमा दर्ता गराएका थिए।
बिहीबार बसेको प्रदेशसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा उक्त विधेयकका सन्दर्भमा दर्ता भएको संशोधन प्रस्तावका बारेमा छलफल भएको बताइएको छ। अर्को बैठक यही माघ १९ गते दिउँसो १ बजे बस्ने गरि सारिएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस