काठमाण्डौ-जापानले प्रतिबन्धित बस्तुको सूचिमा राखेको आलो मासु र सुकुटी लिएरै बिमानस्थलमा पुगेका दुइ नेपालीको भिषा रद्द गरिदिएको छ।
३ वर्षको भिसामा सुकुटी र आलो मासु बोकेर जापानको विमानस्थलमा ओर्लिएका बाबुछोरा जापानले विमानस्थलमार्फत आफ्नो देशमा ल्याउन प्रतिबन्ध लगाएका वस्तु ल्याएको भन्दै उनीहरुको भिसा रद्द गरेको जनाइएको छ। उनीहरुलाई जनवरी २६ मा विमानस्थल अध्यागमनले नियन्त्रणमा लिएको बताइएको छ।
उनीहरु ड्रागन एयरको विमानबाट नारिता बिमानस्थलमा ओर्लिएपछि चेकजाँचको काम पनि सकेर विमानस्थलबाट बाहिरिएका थिए। तर रेल चढ्नै लाग्दा बाबुछोरालाई विमानस्थलको बाहिरी भागमा रहेका अधिकारीले सोधपुछ गरे। उनीहरुको लगेज खोलेर चेक गर्दा करिब ३ किलो सुकुटी र ३ किलो आलो मासु भेटिएको थियो।
जापान पुगिसकेका उनिहरुको ३ बर्षे भिषा नै रद्द भएपछि स्वदेश फर्किएका छन। चितवनमा बसोबास गर्दै आएका भट्टराई थरका उनिहरु बाबु छोरा हुन। उनिहरुको अन्य विवरण खुलाइएको छैन ।
उनीहरुले सुटकेसमा करिब ३ किलो सुकुटी र ३ किलो आलो मासु, हरियो तथा धुलो खुर्सानी लगायतका खानेकुरा लगेका थिए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस