कञ्चनपुर – कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय निकायले विभिन्न अनुसन्धान टोली गठन गरी गहनरुपमा अनुसन्धान गरिरहेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबी र पछिल्लो समय प्रहरी महानिरीक्षको सचिवालयबाट टोली अनुसन्धानमा खटिरहेका छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट उक्त घटनाको अनुसन्धान अधिकृत रहने प्रहरी नायब उपरीक्षक छोटो समयमै धेरै परिर्वतन हुने क्रम देखिएको छ ।
शुरुआतको समयमा अनुसन्धान अधिकृतमा जिल्ला प्रहरी कार्यालयका तत्कालीन प्रहरी निरीक्षक (हाल निलम्बित) एकीन्द्र खड्का खटिएका थिए ।
निर्मलालाई न्याय माग गर्दै आन्दोलन चर्किएपछि अनुसन्धान अधिकृत उहाँसहित सात प्रहरी निलम्बितमा परेका थिए ।
गृहमन्त्रालयले तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक डिल्लीराज विष्ट र तत्कालीन वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक जगदिश भट्टलाई घटनाको केही महिनापछि सेवाबाटै बर्खास्त गरिदिएको थियो ।
‘निर्मला प्रकरण’मा डेढ वर्षको अवधिमा जिल्ला प्रहरी कार्यालयबाट चार अनुसन्धान अधिकृत परिवर्तन भइसकेको छ ।
शुरुका अनुसन्धान अधिकृत खड्का निलम्बन पर्नुभएपछि प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले सम्हालेका थिए ।
उनीपछि सरुवा भएर आउनुभएका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले सो प्रकरणको अध्ययन गर्दैैगर्दा इलाका प्रहरी कार्यालय अत्तरिया काज सरुवा भयो ।
यसपछिका प्रहरी नायब उपरीक्षक गणेश बम पनि थोरै समय जिल्ला प्रहरीमा बसेर जिल्ला प्रहरी कार्यालय बझाङको प्रमुख भएर सरुवा भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको जनाएको छ ।
प्रहरी निकट स्रोतका अनुसार केही दिनअघि मात्रै उक्त घटनाको अनुसन्धान अधिकृत रहनुभएका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दको पनि प्रदेश नं ५ को दङ्गा नियन्त्रण गणमा काज सरुवा गरिएको छ ।
उनी पनि केही महिनाअघि मात्रै जिल्ला प्रहरी कार्यालय आउनुभएको थियो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्र पौडेलले भने प्रहरी नायब उपरीक्षक चन्दको काज सरुवा नभएको बताए ।
“उहाँ उपचारका लागि बिदा जानुभएको हो”, प्रहरी नायब उपरीक्षक पौडेलले भने ।
प्रहरी स्रोतका अनुसार घटनाको अनुसन्धानकै लागि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको सचिवालयबाट केही दिनअघि मात्रै प्रहरी नायब उपरीक्षक गौतम केसीसहित प्रहरी अधिकृत भीमदत्तनगर पुगेर अुनसन्धानमा सक्रिय भएका थिए । उक्त प्रकरणपछि दुई जना जिल्ला प्रहरी कार्यालय प्रमुखको पनि सरुवा भइसकेको छ ।
विसं २०७५ भदौ ४ गते सार्वजनिक हत्या अभियुक्त भन्दै सार्वजनिक गरिएका कञ्चनपुरको भीमदत्तनगरपालिका–१९ बागफाँटाका मानसिक अवस्था ठीक नभएका दिलीपसिंह विष्टलाई प्रहरीले पुनः गहन अनुसन्धान घेरामा राखेको छ । पक्राउ परेको केही सातापछि अभियुक्त भनी सार्वजनिक गरिएका विष्टको डिएन नमिलेपछि सरकारी वकिल कार्यालयबाट साधारण तारेखमा रिहा भएका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस