परासी — सरकारले तोकेको समय सीमामा उद्योगीले भुक्तानी नदिएको भन्दै जिल्लाका उखु किसान पुनः आन्दोलित भएका छन् । माघ १४ देखि २० गतेसम्म आन्दोलनका कार्यक्रम घोषणा गर्दै उनीहरूले माग पूरा नभए पुनः काठमाडौं केन्द्रित आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।
घोषित कार्यक्रमअनुसार राजनीतिक दलसँग छलफल, किसान जागरण अभियान, बृहत् किसान भेला, पत्रकारसँग अन्तरक्रिया र बर्दघाटको टीसीएन चोकमा प्रदर्शनसहित राजमार्ग अवरुद्ध गरिने उखु उत्पादक कृषक समितिका अध्यक्ष उमेश यादवले बताए।
‘माघ १९ गतेसम्म पनि समस्या समाधान नभए पुनः काठमाडौं केन्द्रित आन्दोलन सुरु हुनेछ,’ उनले भने।
माघ ७ गतेभित्र किसानको बक्यौता रकम तिर्न उद्योगीले सरकारसँग सहमति जनाएका थिए। तर, उक्त समय सीमा बितेको साता हुँदा पनि किसानले रकम पाएका छैनन्। सरकारले पनि उद्योगीलाई कारबाही गर्न सकेको छैन।
उखु उत्पादक कृषक समिति नवलपरासीका अनुसार जिल्लाका दुई उद्योगले किसानको २५ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ। इन्दिरा सुगर मिलले १४ करोड र लुम्बिनी चिनी मिलले ११ करोड रकम तिर्न बाँकी छ।
वाग्मती चिनी उद्योगले भुक्तानी गर्नुपर्ने ९ करोड रकम किस्ता किस्तामा तिरिरहेको छ। समितिका अध्यक्ष यादवका अनुसार किसानको उत्पादन उधारोमा लिने, चिनी बेच्ने र प्राप्त रकम वर्षभरि अन्य क्षेत्रमा लगानी गरेर किसानको ढाड सेक्ने काम भइरहेको छ।
‘सरकारले पनि केही गर्न सकेन,’ उनले भने, ‘अब हामी भुक्तानीलाई दीर्घकालीन रूपमा व्यवस्थित गर्ने आन्दोलनमा उत्रिँदै छौं।’
किसानको आन्दोलनमा पश्चिम नवलपरासीका राजनीतिक दलका प्रतिनिधिले ऐक्यबद्धता जनाएका छन्।
नेकपाका जिल्ला अध्यक्ष भविश्वर तिवारीले किसानको बाँकी भुक्तानी तत्काल दिन उद्योगीलाई आग्रह गरे। ‘वर्षौंदेखिको यो समस्याको दीर्घकालीन समाधान निकाल्न आवश्यक छ,’ उनले भने, ‘किसानलाई ठग्ने र सरकारको निर्देशन नमान्ने उद्योगीलाई कारबाही गर्न ढिला गर्नु हुँदैन।’ कांग्रेस, राप्रपा र मधेसवादी दलका प्रतिनिधिले पनि किसानको आन्दोलनमा ऐक्यबद्धता जनाएका छन्।
जिल्लाको इन्दिरा उद्योग मर्मत नभएको भन्दै बन्द छ। किसानले बक्यौता रकम नदिएसम्म चल्न नदिने भनेपछि प्राविधिक कारण देखाउँदै उद्योग बन्द गरिएको हो।
सुनवलको लुम्बिनी चिनी मिलले सूचना नै टाँसेर यस वर्ष उद्योग सञ्चालन नहुने जनाइसकेको छ। दुई उद्योग बन्द भएपछि किसानले वाग्मती उद्योगलाई मात्र उखु दिँदै आएका छन्। कान्तिपुर दैनिकबाट
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस