काठमाडौं-रसुवागढी नाका १५ दिनका लागि बन्द गरिने भएको छ। चिनमा ल्होसारको कारण सार्वजनिक विदा हुने भएकाले यस्तो निर्णय गरिएको हो। चिनिया भन्सारका अनुसार सार्वजनिक विदा दिइएकोले आयात निर्यात भने प्रभावित बनेको छ।
नेपाली र चिनियाँ अधिकारीबीच बिहान रसुवागढीमा बसेको बैठकले भोली बुधबारदेखि नाका बन्द गर्ने निर्णय गरेको हो। कोरोना भाइरसको संक्रमण रोक्न, केरुङतर्फ जाने सडकमा हिउँपरेको तथा ढुंगाहरू खस्ने भएकाले दुर्घटना हुन सक्ने र ल्होसार पर्वको कारण नाका बन्द गर्न लागेको बैठकमा सहभागि अधिकारीले बताएका छन्।
नाका बन्द हुनु अगाडी व्यवसायीका ६० वटा गाडी मा सिल भएको छ। सिल लगाएको गाडि भने नेपाल आउने तयारीमा छन् अरु सिल लगाउन बाकी बिदा सकिएपछि मात्रै काम सुरु हुनेछ। चीनमा रहेका व्यापारी नेपाली व्यवसायी सोमबार देखि नै घर फर्कन थालेका छन्।
अत्याधिक हिँउ परेका कारण सिल लगाएका कन्टेनर नेपाल आउन पाएका छैनन सिल लागेका गाडिहरु आउन नसकेर केरुङ तथा पाङसिङमा रोकिएका छन्।
बैठकमा नेपाल प्रहरी, चिनियाँ प्रहरी र अध्यागमन कार्यलयका अधिकारी उपस्थित भएका थिए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस