काठमाडौं – चिर्किट्टे महाभारतको सबैभन्दा तल रहेको गाउँ हो । भित्री मधेससँग जोडिएको महाभारतको तल्लो भेगमा सालका घना जंगल छन् । मथिल्लो भेगमा लौठ सल्ला र दुर्लभ जडीबुटी ।
यिनै जडीबुटी र वन मासेर चिर्किट्टे जोडनका लागि दलका नेता, ठेकेदार र काठ तस्करको मिलेमतोमा ठाउँ–ठाउँबाट सडक खनिएको छ । १७ वर्षमा २७ करोडभन्दा बढी खर्च भइसकेको छ तर कुनै पनि सडक १० किमीभन्दा बनेका छैनन् ।
डडेलधुरा गोगनका हरि नाथ ०५९ सालमा आफनो गाउँ जोडने सडक निर्माण सुरु हुँदा १७ वर्षका थिए । गोगन हुँदै अमरगढी नगरपालिकाको चिर्किट्टे पुग्ने उक्त सडकको उपभोक्ता समितिमा बस्न खोज्दा उनले उमेर नपुगेकाले पाएनन् । उनी समितिमा बस्न नपाए पनि सडक निर्माण सुरु भयो ।
सदरमुकाम अमरगढी नगरपालिकाको चिर्किट्टे नजिकको सडक खण्ड । १७ वर्षअघि निर्माण सुरु भएको भित्री मधेसदेखि सदरमुकाम जोडने चिर्किट्टे सडकमा करोडौं खर्च भइसक्दा पनि निर्माण सम्पन्न भएको छैन । हरेक वर्ष बजेट मात्र खर्च हुन्छ तर अहिलेसम्म सडक निर्माण हुन सकेको छैन । तस्बिर स् डीआर, कान्तिपुर
उक्त सडक खनिनसक्दै भित्री मधेसको साविक शीर्ष र आलीताल गाविसको सलुनबाट गोगन हुँदै चिर्किट्टे जोडन थप दुईवटा सडक खन्न थालियो।
केही समयपछि जिल्ला सदरमुकाम समेत रहेको अमरगढी नगरपालिबाट अर्को सडक निर्माण सुरु भयो। चिर्किट्टे जोडनकै लागि त्यसपछि अरू पाँचवटा सडक खनिएका छन्।
नाथ अहिले ३४ वर्षका भए तर कुनै पनि सडक पूरा भएका छैनन्। बरु महाभारतका भित्री बस्तीलाई चिर्किट्टेसँग जोडेर ६र७ किलोमिटर परको सदरमुकाम पुर्याउने नाममा स्थानीय जनप्रतिनिधिको आँखै अघि घना सालका जंगल फँडानी भइरहेका छन्, दुर्लभ र बहुमूल्य जडीबुटीहरू विनाश भइरहेका छन्।
भित्री मधेससँग जोडिएको महाभारतको तल्लो भेगमा सालको घना जंगल छ। मथिल्लो भेगमा बहुमूल्य लौठ सल्ला र जडीबुटी पाइन्छ।
चिर्किटे महाभारतको सबैभन्दा तल रहेको गाउँ हो। भित्री मधेसको परशुराम नगरपालिका र आलीताल गाउँपालिकाबाट समदूरीमा रहेको यो गाउँबाट सदरमुकाम पुग्ने सडक पहिल्यै बनिसकेको छ। महाभारत क्षेत्रका गाउँलाई चिर्किट्टेसँग जोड्ने नाममा आठवटा सडक आवश्यक नभएको स्थानीय बासिन्दा बताउँछन्।
उनीहरूका अनुसार सुरुमा खनिएका आलीतालको घुम्तीदेखि गोगन हुँदै चिकिट्टे पुग्ने र साबिकको शीर्ष गाविसको सलुन–कलेनाबाट गोगन हुँदै चिर्किट्टे जोडिने सडकलाई पूर्णता दिने हो भने सबै भित्री गाउँहरू चिर्किट्टेसँग जोडिन्छन्। अघिल्लो सडक खन्न थालेको १७ वर्ष भएको छ भने दोस्रो सडक निर्माण सुरु भएको १४ वर्ष भइसकेको छ। यो सडकलाई प्रदेश गौरवको आयोजनामा राखिएको छ।
प्रदेश र स्थानीय सरकारले पर्यावरणीय मूल्यांकन नगरी खनिएका ६ वटा सडकमा समेत बजेट खन्याइरहेका छन्। हरेक सडकमा बर्सेनि १० देखि ५० लाखसम्म बजेट खर्च हुने गरेको छ।
शीर्षकै कटालदेखि स्यालकोट अचलसैन हुँदै चिर्किट्टे जोड्ने, साबिक जोगबुढाको कैनपानीदेखि बोडा–कोलखान–गोगन हुँदै चिर्किट्टे पुग्ने, साबिक जोगबुढाको सलुन उमलेक हुँदै चिर्किट्टे जाने, शीर्षको मार्कु हुँदै गोगन चिर्किट्टे पुग्ने, शीर्षकै बसौटी हुँदै चिर्किट्टे जोड्ने र अमरगढी नगरपालिकाको घटालथानदेखि चिर्किट्टे जोड्ने सडक निर्माण सुरु भएको एक दशकभन्दा बढी भइसकेको छ।
स्थानीय तहमा अस्तित्वमा हरेका ६ वटै सडक राजनीतिक दलका नेता, ठेकेदार र काठ तस्करको मिलेमतोमा जथाभावी खनिएका हुन्। कुनै पनि सडक १० किलोमिटरभन्दा बढी बनेका छैनन्।
यी सडक खन्नुमा सबैका आ–आफ्नै स्वार्थ छन्। जस्तो– नेताहरूलाई चुनावका बेला दुई–चारवटा घरहरू भएका महाभारत बीच–बीचका गाउँमा सडक पुर्याउने प्रतिबद्धता पूरा गर्ने, जनप्रतिनिधिलाई आफूले खरिद गरेका डोजर र स्काभेटरलाई काम दिने, ठेकेदारलाई सडक निर्माणको ठेक्का हात पार्ने र काठ तस्करलाई तिनै सडक हुँदै भित्री मधेसबाट भीमदत्त राजमार्गमा निकालेर तराईका कैलाली र कञ्चनपुरसम्म काठ पुर्याउने।
‘त्यस क्षेत्रका बासिन्दालाई सडक सुविधा आवश्यक छ भने त्यसका नाममा जंगल काट्न पाइने भएकाले यति धेरै सडक जथाभावी निर्माण भइरहेका हुन्,’ चुरे वन तथा वातावरण संरक्षण समन्वय समितिका अध्यक्ष कैलाश पाण्डेयले भने, ‘चुरे विनाशमा अख्तियारले कारवाही थालेपछि वन फडानी कम भए पनि बिभिन्न निहुमा जंगल फडानी गर्ने क्रम भने रोकिएको छैन।’
हरेक वर्ष चिर्किट्टे जोड्ने सडकमा स्थानीय निकाय र संघीय सरकारबाट बजेट आउने, उपभोक्ता समिति बनाउने, वर्षा सुरु भएपछि डोजर लगाएर काम सुरु गर्ने, आर्थिक वर्षको अन्त्यमा भुक्तानी भएपछि फेरि अर्को वर्ष बजेट कसरी ल्याउने भन्ने कसरत सुरु गर्ने। वर्षौंदेखि यही क्रम चलिरहेको छ।
अढाइ वर्षअघि स्थानीय तह गठन भएपछि पनि यो सिलसिला कायमै छ। फरक यत्ति हो– स्थानीय निकाय हुँदा बजेट थोरै हुन्थ्यो, अहिले धेरै। निर्माण र बजेट खर्च गर्ने तरिका भने उस्तै छ। कान्तिपुर दैनिकबाट
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस