काठमाडौं – मिडिया काउन्सिल सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संसदीय समितिबाट पारित भएको छ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिबाट सोमबार ‘नयाँ पत्रकारले लाइसेन्स लिनुपर्ने’ प्रावधानसहित यो विधेयक पारित गरेको हो ।
विधेयकको दफा १७ मा पत्रकारको लाइसेन्स परीक्षा दर्ता तथा अभिलेखसम्बन्धी प्रावधान राखिएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का सांसद ठगेन्द्र प्रकाश पुरीसहितले यो प्रस्ताव राखेका थिए ।
समितिमा भएको सहमति अनुसार पत्रकारको रुपमा काम गर्न चाहनेको व्यक्तिले लाइसेन्स परीक्षामा सहभागि हुनुपर्ने र यसको सामान्य व्यवसायिक पत्रकारिता, पाठ्यक्रम मिडिया काउन्सिलले तोके अनुसार हुनेछ ।
यो विधेयक तयार हुनुभन्दाअघि नै कार्यरत पत्रकारले भने लाइसेन्स दिनुनपर्ने व्यवस्थासमेत विधेयकमा गरिएको छ ।
समामान्य पत्रकारिता सम्बन्धी ज्ञान पाठ्यक्रम काउन्सिलले तयार पार्नुपर्ने सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बताए । जसमा साइसेन्स लिन पत्रकारिता पाठ्यक्रम बनाउँनुपर्ने प्रस्ताव सांसदहरुको थियो ।
‘खासमा मिडिया काउन्सिलले आचार संहिता सम्बन्धी पाठ्यक्रम बनाउँनुपर्ने हो, अन्य पाठ्यक्रम त विश्व विद्यालयहरुले नै उत्पादन गरिरहेकै हुन्छन् नि’, मन्त्री बास्कोटाले भने,‘पाठ्यक्रम र परीक्षाको प्रावधानले विश्व विद्यालय र काउन्सिलबीच ठुलो अन्तर पैदा गरिदिन्छ ।’
अब पत्रकार लाइसेन्सको प्रावधान राख्न अलमलिने अवस्था नरहेको सांसद पुरीले बताए । ‘लाइसेन्सको प्रावधानले केही समस्या निम्त्याउँदैन, यो धेरै सोचेर आएको प्रावधान हो’, उनले भने,‘यो प्राणलीले पछि समस्या पारे हठाउँला केही समस्या परेन भने यही ठिक छ ।’
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले भने पत्रकारलाई लाइसेन्सको प्रावधान राख्न नहुने बताए । ‘बार काउन्सिल र इन्जिनियरिङ काउन्सिल जस्तो पत्रकारिता क्षेत्र होइन, यसलाई कसरी नियमन गर्न सकिन्छ भनेर पछि छलफल गर्न सकिन्छ तर लाइसेन्सको प्रावधानलाई अहिले राख्न हुँदैन’, उनले भने,‘यसमा अहिले नै हतारो गर्यो भनेपछि कार्यन्वयनको बेला समस्या पैदा हुन्छ ।’
हट्यो दण्ड ‘सजाय’
मिडिया काउन्सिल विधेयकबाट दण्ड सजायको प्रावधान भने हटाइएको छ । सोमबार दिउँसो बसेको समितिले दण्डसजायसम्बन्धी व्यवस्था हटाएको हो ।
सरकारले ल्याएको विधेयकमा आम सञ्चार माध्यम, पत्रकार र प्रकाशकलाई मिडिया काउन्सिलले २५ हजारदेखि १० लाख रुपैयाँसम्म् जरिवाना गर्ने सक्ने व्यवस्था थियो ।
यो प्रावधानमा नेपाल पत्रकार महासंघसहित सञ्चार क्षेत्रले विरोध गर्दै आएका थिए । सहमति भए अनुसार अब मिडिया काउन्सिलले अदालतलाई सिफारिस मात्र गर्न सक्ने व्यवस्था मात्र रहनेछ । अन्नपूर्णपोष्ट दैनिकबाट
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस