बेइजिङ – चीनमा कोरोना भाइरसको संक्रमण फेलिएपछि नेपाली विद्यार्थी स्वदेश फर्कने हतारोमा छन्। चीनमा सयौंको संख्यामा रहेका नेपाली विद्यार्थी भाइरस आतंकले डराइरहेका छन्।उनीहरूले बेइजिङस्थित नेपाली दूतावाससमक्ष आफूहरु सकेसम्म चाँडो नेपाल फर्कन चाहेको धारणा राखेका छन्।
उनीहरुले भनेका छन्। भाइरस सङ्क्रमित भइन्छ भन्ने र तनाबमा नेपाली विद्यार्थी छन्।
सबैभन्दा प्रभावित शहर ऊहानसँगै हुपै प्रान्तभित्रका अरू शहरमा सबै किसिमका यातायात निषेध गरिएको छ। जल, हवाइ तथा लामो दूरीका यातायातलाई पूर्ण रूपमा रोक लगाइएको अवस्थामा विद्यार्थीलाई तुरून्तै नेपाल फर्काउन कठिन रहेको नेपाली दूतावास अधिकारी बताउछन्।
ऊहानमा रहेका नेपालीहरूले यातायात पूरै बन्द भएका कारण दूतावाससमक्ष स्वदेश फर्कने व्यवस्था मिलाउनका लागि अपिल गरेका छन्। चीनमा उपचार विधि सुलभ र सुविधाजनक भएपनि नेपाल नै फर्कन चाहेका छन्।
कोही भने चीनमा नै सही उपचार पाउने भएकाले यतै रहँदा उचित हुने पनि बताउछन्। त्यसै गरी स्वदेश फर्कन पैसा नभएकोले कतिपय विद्यार्थी चाहेर पनि फर्कने अवस्थामा छैनन्। नेपाल सरकार र दूतावासको पहलको आशमा ऊहानका नेपाली छन्।
हालै अमेरिकाले ऊहानमा रहेको नियोग र आफ्ना नागरिकलाई स्वदेश लैजाने समाचार प्रकाशमा आएको छ। त्यसैगरी फ्रान्स र जापानले पनि चार्टड विमानबाट आफ्ना नागरिकको उद्धार गर्ने जनाएको छ। सबैभन्दा प्रभावित हुपै प्रान्तको ऊहान शहरमा हालसम्म कोही विदेशीमा भाइरस संक्रमण भएको समाचार पुष्टि भएको छैन।
हालसम्म यस भाइरसबाट मृत्यु हुनेहरु सबै ऊहान शहरका हुन् र चीनका अरू शहरमा र विदेशमा भेटिएका संक्रमितहरु पनि अधिकांश ऊहान शहरबाट गएका रहेको पाइएको छ।
हाल चीनका अरू धेरै शहरमा पनि संक्रमण फैलिन नदिन यातायातमा प्रतिबन्ध लगाइको छ।
यसै बीच नेपाली दूतावासले ऊहानमा रहेका नेपालीलाई लक्षित गरी सूचना आदान(प्रदान गर्न विच्याटमा समूह निर्माण गरेको छ।
नियोग उपप्रमुख सुशिल कुमार लम्सालले दूतावासले चीन सरकार, हुपै प्रान्तीय सरकार र ऊहान नगरपालिकासँग नियमित सम्पर्क गरिरहेको र नेपाल सरकारलाई यस बारेमा जानकारी गराइरहेको जानकारी दिए। अन्नपूर्णपोष्ट द्रैनिकबाट
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस